स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विपी राजमार्गमा शव बरामद

लास - शव
सेयर गर्नुहोस

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् ।

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

बुहारीद्वारा सासूको हत्या

धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सुन्तलीद्वारा ससुरा र श्रीमान्कै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -