खोज, उद्धार र राहतमा सेनाको सहयोग जारी खोज, उद्धार र राहतमा सेनाको सहयोग जारी


nepal army, नेपाली सेना
१५७

नेपाली सेनाले वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित खोज, उद्धार तथा राहत जारी राखेको छ ।

सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वितरण गरिने राहत सामग्री सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पु¥याउन सहयोग गर्नाका साथै स्थानीय स्तरमा राहत वितरणमा सहयोग जारी राखेको जनाएको छ । असार २६ गतेदेखि परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित जनजीवन सामान्य अवस्थामा ल्याउन सेनाले झण्डै १५ हजार सैनिक खटाएको छ ।



यस्तै पहिराका कारण अवरुद्ध विभिन्न राजमार्ग पुनः सञ्चालनमा ल्याउन तथा तटीय क्षेत्रमा तटबन्ध निर्माण, नाला सफाइलगायत कार्य जारी राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज, उद्धार र राहतका लागि काठमाडौँमा दुई एमआई १७, एक एएलएच, एक अगुष्टा तथा एक इक्युरेल हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआई १७ हेलिकप्टर तयारी अवस्थामा राखिएको निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि