स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रधानसेनापति स्वदेश फिर्ता

सेयर गर्नुहोस

प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँ न्यूयोर्कमा ब्रिटिस सशस्त्र बलले आयोजना गरेको प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल बैठक तथा राष्ट्रसङ्घ सचिवालयले आयोजना गरेको तेस्रो रक्षा प्रमुखहरुको सम्मेलनमा सहभागी हुनु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाका रथीवृन्द र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो । उहाँलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणको दौरान उहाँले संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरुलगायत संयुक्त राज्य अमेरिकाका उच्च पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । यस किसिमको उच्चतहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसङ्घ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा यही असार २३ गते अमेरिकातर्फ प्रस्थान गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -