स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नेकपाको एकता प्रक्रियाले पायो पूर्णता

communist party of nepa - The Times Of Nepall -
सेयर गर्नुहोस

प्रमुख सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याउनुभएकोे महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ । आज टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -