स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

झडपमा पाँच सैनिक र एघार लडाकू मारिए

सेयर गर्नुहोस

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सेनाको जाँचचौकीमा गएको राती रातभरी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको एक झडपमा परी पाँच सैनिक र ११ लडाकूको मारिएका छन् । ‘

पासतुन कोट जिल्लाको नजिर अबाद इलाकामा रहेको जाँचचौकीमा सशस्त्र लडाकू समूहले गरेको आक्रमणपछि सेनाले कारबाही शुरु गरेका सेनाका प्रवक्ता हानिफ रजाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यस झडपमा परी चार सैनिक र सात लडाकू घाइते भएका पनि रेजाईले थप जानकारी दिनु भएको छ ।
आफगानिसतानको राजधानी काबुलबाट करिब ४ सय २५ किलोमिटर उत्तरपश्चिमा रहेको यस प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकूबीच झडप जारी रहेको छ ।

युद्ध आक्रान्त यस देशमा रहेका ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच झडप जारी रहेको छ ।
गत अप्रिल तालिबान लडाकू समूहले सरकारसँग भीषण विद्रोहको घोषणा गरेयता सो प्रान्तहरुमा झडप जारी रहेको छ । तालिबान लडाकू समूह हरेक वर्ष यसप्रकार भीषण आक्रमणको घोषणा गर्दै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -