स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

निवृत्तिभरणको रकमले अक्षयकोष स्थापना

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.अक्षयकोष money, trending news, hot news, latest news
सेयर गर्नुहोस

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ बस्ने स्थानीय धनकुमारी जोशीले आफ्ना स्व पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा रु एक लाख २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने एक छात्रा र एक छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यले उक्त कोषको स्थापना गरिएको जोशीले बताउनुभयो । विसं २०५८ मा डोटी बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका उहाँका पति गोपालप्रसाद जोशीको विसं २०६३ मा देवसान भएको थियो ।

धनकुमारी जोशीले श्रीमान्को नामबाट त्रिभुवन विश्वविद्यालयबाट पाउँदै आएको पेन्सनबाट केही रकम बचत गरी उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । गोपालप्रसाद जोशीले विसं २०२० देखि करीब चार दशकसम्म प्राध्यापन सेवा गर्नुभएको थियो । डोटी क्याम्पसको स्थापनाकालमा उहाँको योगदान महत्वपूर्ण रहेको थियो ।

सयौँ गैर सरकारी संस्था खारेज संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्था तोकिएको समयमा नवीकरण गर्न नआएपछि दर्ता खारेज गरिएको छ”, प्रजिअ पौडेलले भन्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -