स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment. old man
सेयर गर्नुहोस

गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार ।

त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर बनाइदिन शुरु गरेको छ ।

यही असार २३ गते राससमा प्रकाशित ‘६५ वर्षीय वृद्धको ओढारमा बास, न कोही आफन्त, न खाने गाँस’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भएपछि गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा घर बनाउने अभियान शुरु भएको हो ।
आगामी आर्थिक वर्ष ‘अध्यक्षसँग खरको छाना फेर्ने योजना’ अन्तर्गत कार्यपालिकाको बैठकबाट हीराबहादुर र उनका दाइ तुलबहादुरको लागि पहिलो घर बनाउने अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो । घर निर्माणका लागि चाहिने सामग्री ढुवानी गरेर घर बनाउने स्थान तिप्ल्याङमा पु¥याइसकिएको उहाँले जानकारी दिनुभयो ।

तिप्ल्याङका स्थानीयको सहयोगमा तीन आना जग्गा उपलब्ध गराएर उनको घर निर्माण गर्ने तयारी गरिएको भण्डारीको भनाइ छ । घर निर्माण हुने समयसम्मको लागि उनीहरुको लागि चाहिने खाद्यान्य तथा लत्ताकपडाको व्यवस्थासमेत गरिएको छ ।
घरजग्गा केही नभएका (सुकुम्वासी) पुर्जा यसअघि आफ्ना दाजु तुलबहादुर (लोदे) पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्नुहुन्थ्यो । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उहाँ गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थाल्नुभएको रघुगङ्गा गाउँपालिका–१ का वडासदस्य बलमान गौचनले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -