स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

मृतकका परिवारलाई एक लाख राहत

money, trending news
सेयर गर्नुहोस

बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप प्रदेश नं १ सरकारले रु दुई लाख उपलब्ध गराउने भएको छ । प्रदेश नं १ मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारबापत रु ५० हजार दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनुभयो ।

बैठकले उद्धार राहत पुनस्र्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ । उहाँले घाइतेको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभयो । यसैबीच प्रदेश सरकारले बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि तीन वटै सुरक्षा अङ्ग परिचालन गरिएकोे उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट १९ जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रदेश नं १ मा १९ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहालका अनुसार भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, उदयपुर र झापामा दुई÷दुई तथा सुनसरी, इलाम र पाँचथरमा एक÷एक जनाको मृत्यु भएको छ । यसैगरी मोरङ र इलाममा तीन÷तीन तथा झापा र सुनसरीमा एक÷एक जना बेपत्ता छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -