प्रदेशसभा :सिद्धबाबा सडकखण्डका विषयमा ध्यानाकर्षण प्रदेशसभा :सिद्धबाबा सडकखण्डका विषयमा ध्यानाकर्षण



सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सिद्धबाबा सडकखण्डको विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश नं ५ को आज अस्थायी राजधानी बुटवलमा बसेको बैठकको विशेष समयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धबाबा सडकखण्ड ठेकेदारको लापरवाहीले निर्धारित समयमा सम्पन्न हुुन नसकेको उल्लेख गर्दै सरकारको असारे नीतिलाई सच्चाउनुपर्छ भन्नुभयो ।

यो पनि छुटाउनु भयो कि ?


उहाँले कानूनी प्रक्रियालाई देखाएर अल्झिन नहुने विचार राख्दै सङ्घीय सरकारको जिम्मेवारी भए पनि प्रदेश सरकार पन्छिन नहुने बताउनुभयो । प्रदेशसभा सदस्य घर्ती मगरले भन्नुभयो, “बजेट विनियोजन गरेर ठेकेदार पाल्नेबाहेक खास काम केही भएन ।”

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले अर्थसँग सम्बन्धित दुई विधेयक प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस