बाढीपहिरो अपडेट : मर्नेका सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता बाढीपहिरो अपडेट : मर्नेका सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता



अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिनुभयो । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

यो पनि छुटाउनु भयो कि ?