स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

पहिरोले सडक अबरुद्ध

current headlines natural disaster , Nepal
सेयर गर्नुहोस

नलगाड नगरपालिकास्थित छेप्का–कैना सडक अबरुद्ध भएको छ । लगातारको वर्षात्सँगै सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैनालगायत स्थानमा पहिरो खसेर तथा सिस्नेरीस्थित हम्काखोलामा पानीको बहाव बढेर सडक अबरुद्ध भएको वडाध्यक्ष प्रचण्ड ओलीले बताउनुभयो ।

पहिरोका कारण छेप्कादेखि कैनाका लागि छुट्ने यातायातका साधन कालीमाटी छेप्कामा थन्किएका छन् । छेप्का–कैना सडकको पहिरो व्यवस्थापन तथा सडकको स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ । सडकमा यातायात अबरुद्ध भएपछि नलगाडका वडा नं २, ३, ४, र ६ का टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ, गर्छिना, कुशे गाउँपालिका तथा बारेकोट गाउँपालिकालगायत दुर्गम गाउँका बासिन्दालाई समस्या भएको कैनाका व्यापारी वीरेन्द्र खड्काले बताउनुभयो ।

खोलामा सडक पुल नहुँदा तथा तारजाली, ढल निकास, ग्राभेललगायत कार्यको उचित प्रबन्ध नहँुदा कच्ची सडकमा यातायात सञ्चालन बन्द भएका छन् । सडक बन्द हुँदा दुर्गमका बासिन्दा मर्कामा परेका छन् । सडकमा यातायात सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तु तथा विकास निर्माण सामग्रीलगायतको ढुवानीमा समस्या भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -