प्रदेश नं १ मा बाढीले नौको मृत्यु, सात बेपत्ता प्रदेश नं १ मा बाढीले नौको मृत्यु, सात बेपत्ता



विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।

प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–७ बस्ने ६६ वर्षीय जगत्बहादुर राईलाई खोलाले बगाई मृत्यु भएको छ भने सोही दिन भोजपुर जिल्लाकै ट्याम्केमयुम गाउँपालिका–९ बस्ने १४ वर्षीय जनक विकको शौचालयले पुरेर मृत्यु भएको छ ।



यसैगरी असार २७ गते खोटाङ खोटेहयाङ गाउँपालिका–२ बस्ने २८ वर्षीया रेखा राई र उहाँका छोराहरु चार वर्षीय रोमन राई र सात महीनाको रोहन राईको आफ्नै घरले किचेर मृत्यु छ । सोही दिन खोलाले बगाउँदा ओखलढुङ्गा चिसुङ्खुगढी गाउँपालिका–४ बस्ने ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली–१ बस्ने ५० वर्षीय अञ्चल लावती र झापा दमक नगरपालिका–१० बस्ने छ वर्षीया बालिका ऐलिजा न्यौपानेको मृत्यु भएको छ ।

यस्तै असार २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई इटहरी –५ सुनसरीमा बस्ने ३५ वर्षीय सागर थापा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

कार्यालयका अनसार बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने नौ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका–९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र–१ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने नाम, थर, वतन नखुलेका एक जनालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।

भोजपुर रामप्रसाद राई गाउँपालिका–५ बस्ने ३५ वर्षीया मनकुमारी राई निजकै छोराहरु १७ वर्षीय शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राई आफ्नै भान्सा घरमा पुरिएर बेपत्ता भएका छन् ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि