स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

‘संविधान र कानूनभित्र रहेर नै सरकारी वकिलले काम गर्नुपर्ने’

सेयर गर्नुहोस

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधान र कानूनभित्र रहेर नै सरकारी वकिलले काम गर्नुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज आयोजना गरेको ‘महिला सरकारी वकिलका लागि एक दिवसीय क्षमता विकास’ सम्बन्धी कार्यशालामा उहाँले सरकारी वकिलले कानूनमा भएका कुरालाई जस्ताको त्यस्तै पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिला वकिलले कुनै पनि ठाउँमा काम गर्न सक्ने गरी आफ्नो क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिले कानून पढ्ने छात्रा बढी भएकाले अबका २० वर्षमा महिला र पुरुष बराबरी हुने उल्लेख गर्नुभयो । उहाँले एउटा मुद्दा हार्दैमा विचलित हुनुनपर्ने र त्यसले अरु मुद्दालाई समेत प्रभावित पार्ने भएकाले महिला सरकारी वकिलले निडर भएर आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नायब महान्यायाधिवक्ता खगराज पौडेलले महिला सरकारी वकिललाई नेतृत्व विकास गर्नका लागि कार्यशाला आयोजना गरेको बताउनुभयो । कार्यक्रममा न्यायायाधीश सपना मल्ल प्रधानले नेतृत्व विकासः चुनौती र अवसर, केदार रायमाझीले सार्वजनिक प्रशासन नेतृत्व विकास गर्न लिनुपर्ने अग्रसरता, डा अनुप बरालले तनाव तथा समय व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा उपत्यकाका ५० महिला सरकारी वकिलको सहभागिता रहेको थियो । मुलुकभरि ७२ महिला सरकारी वकिल रहेका छन् भने ललितपुर, ओखलढुङ्गा र रामेछापमा रहेका सरकारी वकिल कार्यालय महिला वकिलले मात्र सञ्चालन गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -