स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

समन्वयात्मकरुपमा खटेर उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केही स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा उहाँले विपद्मा परेकाको उद्धार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मकरुपमा परिचालित निर्देशन दिनुभएको हो ।

प्रकोप क्षेत्रमा उद्धारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाउनुभएको छ । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सूचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सम्पूर्ण स्थानीय तह र जनप्रतिनिधिलाई पनि पीडितको उद्धारमा खटिन आग्रह गर्नुभएको छ । साथै उहाँले बाढी र पहिराबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै यस घडीमा एकअर्काको सहयोगमा जुट्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -