स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

गौतमको सालिक अनावरण

सेयर गर्नुहोस

तीन वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमको आज सालिक अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले उक्त सालिकको आज एक कार्यक्रमबीच अनावरण गर्नुभयो ।

प्रमुख सचेतक लामाको सांसद विकास कोषको रु आठ लाख तथा पुनर्वास नगरपालिकाको रु पाँच लाखको लागतमा स्थानीय आनन्द बजारमा गौतमको सालिक निर्माण गरिएको हो । सालिक अनावरणपछि प्रदेशसभा सदस्य लामाले सीमा व्यवस्थापनका लागि सरकार लागिपरेको बताउनुभयो । गौतमकी आमा हरिदेवी गौतमले सालिक स्थापना गरेको हेर्ने चाहना पूरा भएको बताउनुभयो ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, शहीद गौतमका बुबा, आमा, श्रीमती र छोरीहरु उपस्थित हुनुहुन्थ्यो । नेपाल–भारत सीमा क्षेत्रको कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुनर्वास नगरपालिका–४ का गौतमले सहादत प्राप्त गर्नुभएको थियो । गौतमले सहादत प्राप्त गरेयता उक्त सीमा नाका अझै सञ्चालनमा आएको छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -