स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा २० लडाकू मारिए

सेयर गर्नुहोस

सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकू मारिएका छन् ।

देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिवान लडाकूहरू मारिएका हुन् ।

सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मङ्गलबार राति अबेर आक्रमण भएको हो ।

उहाँले इमाम सहिब जिल्लाको क्युर्घाम तापा क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरूले लडाकुहरूलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिनुभयो ।

प्रवक्ता कारिमीले लडाकूतर्फ अरू दश जना घाइते पनि भएको बताउनुभयो । तर सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने केही भन्नु भएन ।

भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौँ स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
–––

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -