स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आधुनिक मेसिन प्रयोग गरेर कृषिखेती

सेयर गर्नुहोस

कुनै समय हलो र जुवाको सहायताले खेती गरिन्थ्यो । दाङमा पनि खेती कार्यमा वीगतमा हलो र जुवाकै प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय छिटफुट रुपमा मात्रै हलो र जुवाको प्रयोग गर्ने गरेको पाइन्छ ।

आधुनिक कृषिऔजार भित्रिएसँगै कृषि पेशा आधुनिक सामग्री बढ्दै गएको हो ।“ हामीले पहिले हलो र जुवाकै प्रयोग गरेर रोपाइँ गथ्र्यौ”, तुलसीपुर १५ कञ्जुवारका किसान रत्न बुढाथोकीले भन्नुभयो “तर पछिल्लो समय विभिन्न मेसिन आए, अहिले त्यही मेसिनको प्रयोग गर्ने गरेका छौं ।”

आधुनिक मेसिन भित्रिएपछि काम पनि छिटो हुने र समयपनि बचत हुने उहाँको भनाइ थियो । उहाँका अनुसार अहिले ट्र्याक्टर, पावरटिलर, सिड्रिल टिलरलगायतका प्रविधि प्रयोग गरीखेती गर्ने गरिएको छ । कामदार पनि कम लाग्ने तथा छिटो काम हुने भन्दै यो प्रविधि भित्रिएपछि सहज भएको बुढाथोकीको भनाइ छ ।

अहिले दाङमा विभिन्न सरकारी तथा गैरसरकारी निकायले अनुदानमाखेती गर्ने मेसिन उपलब्ध गराउँदै आएका छन् । स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत अन्य सङ्घ संस्थाले पनि किसानलाई अनुदानमा मेसिन वितरण गर्ने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि अधिकृत कुलराज चौधरीले बताउनुभयो ।

यसैबीच शान्तिनगर गाउँपालिका–४ का किसानलाई आधुनिक कृषि सामग्री हस्तान्तरण गरिएको छ । बुधबार वडाका किसानको सहजताका लागि दुई मिनि पावरट्रिलर, दुई मिनि ट्रिलर, एकथान सिड्रिल मेसिन वितरण गरिएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको चारलाख रुपैँयामा ती सामग्री खरीद गरी किसानलाई प्रदान गरिएको हो । वडाका विभिन्न कृषि समूहलाई ती औजार ५० प्रतिशत अनुदानमा वितरण गरिएको अध्यक्ष डाँगीको भनाइ थियो ।

शान्तिनगर गाउँपालिका कृषिको लागि पकेटक्षेत्र रहेको भन्दै कृषिलाई आधुनिकीकरण गर्न औजार वितरण गरिएको उहाँको भनाइ छ ।“अब पनि परम्परागत तरिकालेखेती गरेर सम्भव छैन्”, उहाँले भन्नुभयो “त्यसैले खेती गर्न आधुनिक प्रविधि अपनाउनुपर्छ, सोही अनुसार हामीले कृषि सामग्री खरीद गरेर हस्तान्तरण गरेका हौं ।”
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -