स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

नेपाली लोकगीतमा प्रवासका विरह

nepali music
सेयर गर्नुहोस

प्रवासमा बसोवास गर्ने नेपालीहरूले मनका विरह शमन गर्न अनेकौँ सन्दर्भका विषय लोकभाकामा उठाएको पाइन्छ । जन्मभूमिलाई छाडेर काम र मामको खोजीमा विदेशमा बस्दा मनमा चलायमान् हुने भावना र विरहका विषयलाई लोकगीतमा उठाएको पाइन्छ । त्यसमा पनि विदेशमा रहँदा मातृभूमिका ममताले आलोडित बनाएका र आफन्तका मायाले पछ्याएका, भोगेका र आफूले देखेका विषयलाई नै नेपाली लोकगीतमा उठान गरेको पाइन्छ । तसर्थ यस लेखमा नेपाली लोकसाहित्यमा विशेष ठाउ“ बनाएको लोकगीतको प्रतिपाद्य विषयवस्तु प्रवासका विरहलाई समकालिक जीवन र सन्दर्भका आधारमा विहङ्गावलोकन गर्ने प्रयास गरिएको छ ।

१ विषयप्रवेश
नेपाली नागरिक बसाइ—सराइँ, शिक्षा आर्जन, काम र मामको खोजी तथा अर्थोपार्जनका लागि मातृभूमि छाडेर प्रवासतिर लाग्ने गरेको पाइन्छ । आफ्नै जन्मभूमिमा योग्याता अनुसारको काम नपाएर नेपाली नागरिक दिनहु विदेशतर्फ लाग्न बाध्य भएका छन् । काम र मामको खोजीका लागि निस्केको जनशक्तिको गन्तव्य भनेको विश्वको जुनसुकै मुलुक पनि हुन गएको छ । जुन ठाउँमा सुखका साथ जीवन बिताउन सकिन्छ, त्यसतर्फ मानिस आकर्षित हुनु भनेको उसको स्वभाव नै हो । समकालीन समयमा हरेक नेपाली नागरिक अन्य विकसित देशका नगरिकसरह जीवन बिताउने लालसले निकै आकर्षित भएको सामाजिक अनुभव छ । विविध प्रकारका आकर्षणका कारण मानिस विदेशिने भए पनि आफू जन्मेको ठाउँले पारेको धार्मिक, सामाजिक तथा सांस्कृतिक प्रभावलाई व्यक्तिले साथमा लिएर जाने भएकोले नेपाली नागरिकले विदेशमा पनि मनका विरह शमन गर्न जन्मभूमिका प्रतिच्छायालाई उठाउने गरेको पाइन्छ । तसर्थ प्रवासमा जीवन व्यतीत गर्ने नेपालीले माटोको ममतास“ग सम्बन्धित लोकगीतको अथाह प्रयोग गर्ने र आफ्ना पीडा शमन गर्ने गर्दछ । विदेशी भूमिमा लोकलयका माध्यमबाट व्यक्त भएका नेपालीका पीडा अनन्त रहेका छन् र अन्तरात्माले ठम्याएका विषय र सन्दर्भलाई लोकगीतका माध्यमबाट अन्तरात्माबाट उब्जेको मनको विरह शमन पनि गरेका छन् । समकालीन समयमा विदेशमा बसोबास गर्ने नेपालीका पीडा नेपाली लोकगीतमा कसरी व्यक्त भएका छन् ? र तिनका विषय, सन्दर्भ र विदेश जाने कारणको पहिचान गर्नु अन्ततः अपरिहार्य बनेको छ ।

२ प्रवासतर्फ लाग्ने सन्दर्भ
नेपालमा बसोवास गर्ने नागरिकहरू सामाजिक, राजनीतिक तथा आर्थिक बाध्यता र कामका कारण विदेशी भूमिमा पुगेका छन् । परिस्थितिको दास बनेर जीवनलाई सुखमय बनाउन पनि विभिन्न माध्यम र प्रयोजनका दृष्टिले विदेशी भूमिमा छरिएर रहेका छन् । बसा—सराइ, शिक्षा आर्जन गर्न वा कामको खोजीका लागि पनि विदेशी भूमिमा नेपालीको पैतालो पुगेको छ । शिक्षा आर्जन गर्नका लागि विकसित मुलुकतर्फ गएको जनशक्ति पनि सकेसम्म स्वदेशी भूमिमा फर्केर आउन रुचि देखाएको छैन । स्वदेशमा जीवनयापन गर्नेभन्दा विदेशमा प्राप्त हुने नागरिक अधिकारका कारण व्यक्तिको जीवन सहज भएकाले समकालिक समयमा नेपाली नागरिक विदेशतर्फ बढी लालायित भएको दृष्टिगोचर हुन्छ । आर्जित शैक्षिक योग्यताअनुसारको काम स्वदेशमा पाउन असम्भव भएको र शैक्षिक योग्यतालाई अपमानित गरेर भए पनि उच्च शिक्षा आर्जन गरेको कतिपय दक्ष जनशक्ति सामान्य कामका लागि विदेशमा रमाउन पुगेको छ । स्वदेशमा प्राविधिक शिक्षा आर्जन गरी सामान्य कामको खोजी गर्दै विदेशतर्फ गएको नागरिक नेपाल फर्कन रुचाउँदैन, किनभने उसले आर्जन गरेको सीप, क्षमता र दक्षतालाई जन्मभूमिमा उपयोग गर्न पाएको छैन । तसर्थ व्यक्तिले स्वदेशमा योगदान दिनुपर्नेमा प्राविधिक क्षेत्रको सीप विदेशका गल्लीमा विकीर्ण बनेको छ । त्यसैले समकालीन समयमा प्राविधिक जनशक्ति तयार गर्न राज्यले व्यक्तिलाई गरेको लगानी बालुवामा मिसाएको पानी जस्तै भएको छ । कतिपय नेपाली नागरिक शिक्षा आर्जनपछाडि बाध्यताका चक्रमा परेर पनि प्रवासमा नै बसेका छन् । भौतिक सम्पन्नाताप्रतिको आकर्षण र सुखकारक चिन्तनका रसरङ्गमा रमाउन रुचाउने समकालिक चिन्तन र त्यसको प्रवाहले विकसित मुलुकमा वा अन्यान्य मुलुकमा पुगेको नेपाली नागरिक स्वदेशमा फर्कन चाहेको छैन । अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान वा यस्तै अन्य देशमा नेपाली नागरिकता त्यागेर उतै बस्ने एक प्रकारको लहर नै चलेको छ । समकालीन समयमा नेपाली नागरिकता त्यागेर वा शरणर्थीका नाममा पनि विदेश पलायन भएका प्रशस्त उदाहण भेटिन थालेका छन् । समकालिक समयमा सहरतिरका मानिसहरू होऊन् वा गाउ“मा बसोबास गर्ने नै किन नहुन्, सबैको चाहना विदेशतर्फ लाग्ने नै रहेको पाइन्छ । यसबाट प्रतिबिम्बित भएको सन्दर्भ भनेको नेपाली नागरिकमा स्वदेशमा नै सङ्घर्ष गरेर बाँच्ने भन्दा विदेशप्रतिको मोह बढेर गएको यथार्थ नेपाली समाजमा दृष्टिगोचर भएको छ । कुनै पनि परिवारको मानिस विदेश गएको छ वा विदेशमा आवासीय सुविधा प्राप्त गरेको छ भने समाजमा उसको इज्जत बढेको आभास भएको छ । समाजमा चर्चा गर्न योग्य मानिस कहलिएको र समकालीन समयमा समाजले उसलाई सम्मानका दृष्टिले हेरेको छ । यसैले गर्दा सुख, सम्मान र समृद्धिका कारणले पनि नेपालीलाई विदेशतर्फ आकर्षित गरेको विश्वास गर्ने ठाउँ बन्छ । “बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत” भने झैँ सहरतिर बसोवास गर्ने व्यक्ति तथा राज्यका उच्च ओहदामा पुगेका मानिस र तिनका परिवारका सदस्यहरू पनि विदेशमा स्थायी बसोवास गर्ने लालसामा अल्झिएको हु“दा नेपाली समाजमा विदेशप्रतिको चाहना उत्कट बनेको विश्वास गर्न सकिन्छ । प्रतिदिन आकाशमार्गको प्रयोग गरी विदेशतर्फ लाग्ने नेपाली नागरिकलाई विमानस्थलमा माला, खादा, रातो टीका, दोसल्ला ओढाएर बिदा गर्ने एक प्रकारको विदेश पलायन संस्कृति नेपालमा विकसित भएको छ । आकाशमार्गको प्रयोग गरी विदेश जाने र मोटर चढेर भारतका विभिन्न प्रान्तमा कामको खोजीका लागि यात्रारत नेपालीको वास्तविक तथ्याङ्क निकाल्ने हो भने करिब करोडको हाराहारी भनौ अथवा नेपालको एक तिहाई जनसङ्ख्या नेपाल बाहिरका विभिन्न मुलुकमा स्थायी वा अस्थायी रूपमा बसोवास गर्छन् भन्ने सामान्य हिसाबले अनुमान गरिएको छ । बाध्यता र विदेशप्रतिको मोह यसमा सामाजिक तथा आर्थिक कारण बनेको छ । विदेशमा बस्ने हरेक नेपाली जन्मभूमिको ममताबाट भने जोडिएको छ । अतः समकालीन समयमा विदेशमा बस्ने नेपालीहरूको मनबाट निरन्तर प्रवाहित भएको लोकलयको आहलाई नै प्रवासका विरहका रूपमा अथ्र्याउने गरिएको छ ।

३ प्रवासका विरह
जुनसुकै जात, जाति, धर्म भएको नेपाली नागरिकले विदेशमा पनि आफ्नो परम्परा र संस्कारलाई अङ्गीकार गरेका छन् । उनीहरूको भौतिक शरीर नेपालबाहिर होला तर व्यक्तिको नेपाली आत्मा भने नेपालमा नै रहेको हुन्छ । तसर्थ जुन भूगोलमा व्यक्तिको जन्म तथा बाल्यकाल व्यतीत भएको हुन्छ, त्यसको छायाले उसलाई कहिल्यै छोड्दैन । पन्द्र वर्षको उमेरमा विवाह भएकी एक जना महिलाले जन्मघरमा बिताएको समय छोटो हुन्छ तर कर्मघरमा लामो जीवन बिताएको भए पनि जन्मघरमा बिताएको समयको प्रभाव मानसपटलमा निरन्तर पर्छ । त्यसैले असी वर्षको उमेरमा देख्ने सपनामा सधैँ माइतघरको परिसरमा डुलेको मात्र देख्नु मानिसमा विद्यमान रहने जन्मभूमिको सम्बन्ध हो । मानिसमा जन्मभूमिको प्रभाव कति बलवान् हुन्छ भन्ने यो एउटा उदाहरण मात्र हो । विदेशमा रह“दा पनि स्वदेशका प्रभावक विषय कति हुन्छन् भनेर तिनलाई सङ्ख्यामा निकाल्न सकिँदैन । मनले मात्र अनुभव गर्ने विषय हो । भारत, अमेरिका, जापान, क्यानडा, अष्ट्रेलिया आदि देशमा पुगेको नेपालीले यदि सपना देख्यो भने उसले आफ्नै गाउँघरको सपना देख्छ । त्यसैले नेपालीले गायन गरेको लोकगीतमा विदेशका प्रतिबिम्ब प्रकट भए पनि भाषा, लय र शैली भने नेपाली नै हुन्छ । उनका सिर्जनामा नेपाली जीवनको सम्बन्ध प्रवासका विरहमा आधारित रहन्छ ।

नेपाली नागरिक सामान्य कामको खोजीका लागि भारतका विभिन्न ठाउँ तथा खाडी मुलुकमा पलायन भएको छ । अरबतिर कामका लागि जाने र भारतमा कामको खोजी गर्ने जनशक्तिको खास बसोवास नेपालमा भए पनि उसले करिब समग्र जीवन आफूले काम गर्ने भूगोलमा व्यतीत गरेको छ । मानिसले आफ्नो समग्र जीवन जुन ठाउँमा व्यतीत गर्छ, त्यस ठाउँको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक प्रभावलाई स्वभावैले ग्रहण गर्दछ । जीवनका सुख तथा दुःखका अवसरमा वा साथीहरूका बीचमा रमाइलो गर्दा नेपाली भाषा र नेपालमा विशेष प्रचलित बनेका लयमा मनका भावना प्रकट गर्दछ, तर विदेशमा रमाएको मानिसले विदेशका प्रतिबिम्बलाई ग्रहण गरी आफूलाई परेको दुःख वा सुखका सन्दर्भलाई टिप्छ र तिनलाई नेपाली भाकामा सजाउने गर्दछ । समकालिक समयमा आफूले व्यतीत गरिरहेको परिवेशले मनमा पारेको प्रभावलाई छोड्न नसक्दा नेपालबाहिर गएका नेपालीका गलामा प्रवासका विरह सजिएका छन् । त्यसैले व्यक्तिले लोकलयमा प्रकट गरेका भावनामा विदेशी भूमिको प्रभाव र त्यसका सम्बन्धको प्रत्यक्ष प्रभाव परेको पाइन्छ । नेपाली लोकगीतमा विदेशी भूमिको छाया यसैको परिणति मान्न सकिन्छ ।

नेपालीहरूको ठूलो सङ्ख्या वर्तमान समयमा विदेशको भूमिमा विदेशी नागरिक भएर रमाएको छ । रक्तसञ्चारको प्रभाव तथा भाषा र ममताको सम्बन्ध भने स्वदेशका प्रतिबिम्बलाई ग्रहण गरी प्रवासका विरहमा जोडिएको छ । भारतको दार्जिलिङ, कर्साङ, सिक्किम, उत्तरप्रदेश तथा उत्तराञ्चलतिर बसोवास गर्ने नेपालीहरू जातका हिसाबले राई, लिम्बू, मगर, गुरुङ, थकाली, नेवार, शेर्पा, कुमाल, ब्रा≈मण, क्षत्री, सतार, थारू आदि होलान् उनीहरूको पहिलो भाषा अर्थात् मातृभाषा नेपाली बनेको छ भने दोस्रो भाषा आफ्नो जाति तथा समाजले अपनाएको भाषा बनेको छ । यसले गर्दा नेपाली भाषा, साहित्य र लोकसाहित्यको विकासमा दार्जलिङ क्षेत्र यद्वा भारतको विभिन्न क्षेत्रमा बसोवास गर्ने नेपाली भाषीको ठूलो योगदान रहेको छ । त्यसैले नेपाली साहित्यको माध्यमिक कालको समग्र प्रतिनिधित्व नै प्रवासबाट भएको दृष्टिगोचर हुन्छ । नेपाली लोकसाहित्यको अध्ययन परम्परालाई उठान गर्न पनि दार्जिलिङलाई नै पहिलो आखरमा सम्झिनुपर्छ र हाजिरमान राईको मीठामीठा लोकगीत (१९५७) को सङ्लनलाई बिर्सन मिल्दैन । वर्तमान नेपालको राजनीतिक भूगोलमा बसोवास गर्ने नेपाली नभए पनि प्रवासमा जीवन व्यतीत गरिरहेका नेपालीहरूले नेपाली लोकसाहित्यमा पु¥याएको योगदान र इतिहास निर्माण गरेको मत कदापि बिर्सन सकिंदैन ।

शिक्षा आर्जन गर्नका लागि भारतको बनारस, हरिद्वार, वृन्दावन, दिल्ली, मथुरा गएका नेपालीहरूले त्यहाँको सामाजिक, सांस्कृतिक परम्परा र रीतिरिवाजलाई नेपालमा भित्र्याउने काम गरेका छन् । नेपालको राजनीतिक क्षेत्र, सामाजिक क्षेत्र, कर्मकाण्ड गर्ने गराउने विधिमा बनारस आदि ठाउँमा अध्ययन गरी नेपाल प्रवेश गरेको नेपाली विशेष सक्रिय रहेको छ । नेपालको सार्वजनिक प्रशासन, शिक्षा, नेपाली सेना, नेपाल प्रहरी आदि ठाउँमा राष्ट्रसेवक बनेका नेपाली नागरिकका शैक्षिक प्रमाण पत्र भारतका विभिन्न विश्वविद्यालयबाट आर्जन गरेका रहनु यसको प्रमाण बनेको छ । नेपाली समाजमा कर्मकाण्ड गराउने र उपदेश गर्ने पण्डित तथा कर्मकाण्ड गराउने पुरोहितहरू पनि भारतका शैक्षिक संस्थाका उत्पादन हुन् । यिनीहरूका लोकसिर्जनामा स्वदेशका विभिन्न भाका र लयमा प्रवासका ममता प्रकट भएको पाइन्छ । सामान्य व्यवहारका विषयलाई हेर्ने हो भने पुराणवाचनका समयमा भारतबाट दीक्षित बनेका पण्डितहरूले जयकार गराउँदा हिन्दी भाषाको प्रभावमा रहेको लिङ्ग भेदलाई लिएका हुन्छन् । अनि नेपाल आमाको जय भन्दैनन् । नेपाल माता की जय भन्छन् । नेपाली साहित्यको प्राथमिक कालीन कवितामा प्रयोग भएको खडी वा सधुक्कडी भाषा सिर्जनाका कोणमा यसको प्रमाण लाग्ने विषय बनेको छ । यसर्थ विभिन्न सन्दर्भबाट नेपालबाहिर बसोवास गरेको नेपाली वा विदेशी भूमिमा आर्जन गरेको शिक्षा तथा सामाजिक सांस्कृतिक व्यवहारको प्रत्यक्ष प्रभाव नेपाली लोकगीतमा परेको छ । जसले गर्दा नेपाली लोकगीतमा प्रवासका विरह प्रकट भएको पाइन्छ । चोली दिउँला मखमली, सारी दिउँला फाइबर, मै हुँ कान्छी रेलको ड्राइबर जस्ता नेपाली जीवनमा भिजेका लोकगीत प्रवासका विरहका निकटमा रमण गरेका सिर्जना बनेका छन् ।

नेपाली नागरिक कामका लागि वा अन्य प्रयोजनबाट विदेशमा पुगेको अवस्थामा उसले नेपाली भाषा र साहित्यलाई निरन्तर माया गरेको पाइन्छ । साहित्य सिर्जनाका माध्यमबाट होस् वा मनमा विरह चलेको बेलामा गाइएका लोकगीत नै किन नहुन्, तिनमा नेपाली लोकजीवनको गन्ध रहेको हुन्छ । आफ्ना लोकसिर्जनामा नेपालको आत्मालाई अपनाएको छ र उसका समग्र क्रियाकलाप नेपाली भूगोलमा बसेका मानिसका चिन्तनसँग नजिक छन् । अर्कोतर्फ नेपाली नागरिक विदेशमा रहँदा सबैले सुखको अनुभूति मात्र गरेका छैनन् । विदेशमा दुःख पाएका, सास्ती भोगेका, जेल बसेका र उतै मृत्यु वरण गरेका विषय नेपाली लोकगीतमा प्रवासका पीडाका रूपमा प्रकट भएका छन् । विदेशमा गएका मानिसलाई सम्झेर विरहका गीत गाउने होस् वा स्वदेशमा रहेका आफन्तलाई सम्झेर आ“सु बगाउने समयमा गाउने गरिएका लोकगीत किन नहुन्, यिनमा प्रवासका विरह प्रकट भएको पाइन्छ । अतः नेपाली लोकगीतमा प्रवासका विरह समकालिक नेपाली लोकगीतका विषयवस्तु बनेको पाइन्छ ।

मेरो माया काहाँ पुग्यो रुँदै, पूर्व दिशा उज्यालो नहुँदै ।
दाइ गयो भरती भयो, भाउजू गाँंमा एकलै रोइरह्यो ।।

पहिलो विश्वयुद्ध तथा दोस्रो विश्वयुद्धका समयमा नेपालीहरूले विदेशी भूमिको रक्षाका लागि रगत बगाएका हुन् । युद्धको असर नेपालमा नपरेको भए पनि युद्धमा संलग्न भएका नेपालीहरू र ब्रिटिस सरकारका सिपाहीहरूको ठूलो सङ्ख्या हताहती भएको हो । नेपाली लोकगायक डिलबहादुर क्षत्री भन्छन्—नेपालमा सबैभन्दा बढी विरहका गीत पहिलो तथा दोस्रो विश्वयुद्धले समाजलाई प्रभावित बनाएको समयमा गाइएको थियो । प्रत्यक्ष रूपमा नेपालमा युद्ध नभए पनि गाउँगाउँमा रुवाबासी चलाउने काम भने युद्धले गराएको थियो । त्यसैले नेपाली समाज र जीवनलाई पहिलो तथा दोस्रो विश्वयुद्धले प्रत्यक्ष प्रभाव परेको थियो । दुःखको समयमा लोकगीत गाउने हुँदा पहिलो र दोस्रो विश्वयुद्धको समयमा नेपालमा अत्यधिक मात्रामा लोकगीतको प्रयोग भएको हो । नेपाली समाजका मानिसलाई युद्धका सामग्री बनेका बम, गोला, बारुद, बन्दुक अनि भर्ती हुने सन्दर्भ जनाउने छाउनी, रङरुट जस्ता शब्द सिकाउने काम युद्धका कारणबाट भएको थियो । लाहुरे बनेका परिवारका सदस्यलाई त्यसको प्रयोग कसरी गर्ला र ज्यान जोगाउला भन्ने सन्त्रास थियो । नेपालीले बहादुरी प्रदर्शन गरी भिक्टोरिया क्रस, वीरचक्र पाएका घटना नेपालीको गौरव बढाउने विषयसित जोडिएको भए पनि तत्कालीन समयमा नेपाली समाज निकै प्रभावित भएको थियो । तत्कालीन समयमा सञ्चारको सुलभता नभएको कारणले नेपाली समाजको कुनै एउटा ठाउ“मा घटेको घटनाले गर्दा सारा नेपाली समाजलाई यसले प्रभावित बनाउने काम गरेको थियो । गाउँगाउँमा रुवाबासी चल्यो भने विदेशी सेनामा भर्ती भएका धेरै नेपालीले विदेशमा नै प्राण त्याग गरे । युद्धको प्रभावको विषयलाई लिएर झलकमान गन्र्धवले गाएको गीतमा स्वदेशको त्रासद् अवस्था प्रवासका विरहका साथ प्रकट भयो ।

हे बरै—२, दसैधारा पो नरोए आमा,बाँचे पठाम्ला, तस्वीरै खिचेर
कस्तो लेख्यो भावीले, कर्मलिलाठैमा लौ हजुर—२
बाबाले सोध्लान् नि, खै छोरो भन्लान्—२, रन जित्तै छ, भन्दिए ।।

नेपाली समाजका मानिसहरू दोस्रो विश्वयुद्धको समयमा विशेष प्रभावित बने । विदेशी सेनामा जागिर खाने आफ्ना परिवारका मानिसहरूलाई युद्धको समयमा कसरी ज्यान जोगाउन सकिन्छ, त्यसबारेमा उपदेश दिन थाले । जागिरको जिम्मेवारी सकेका र युद्धको अनुभव गरेका मानिसले एक किसिमले आफ्नो ज्ञान दिए भने परिवारका सदस्यले आफूले जानेको ज्यान जोगाउने उपाय बताउने उपक्रम अवश्य नै गरे । विदेशी भूमिमा नगएसम्म परिवार चलाउन नसकिने र लडाइँमा जाँदा ज्यान जाने र परिवार बिचल्लीमा पर्ने अवस्था आयो । नेपाली गाउँले समाजका मानिसहरूले जानेर वा नजानीकन विदेशी भूमिका विषयलाई प्रतिबिम्ब बनाई लोकगीत गाए । यसले गर्दा नेपाली लोकगीतमा प्रवासका विरह प्रकट भए ।

घर धानी बसे है कान्छी, जानुपर्‍यो जर्मनको धावामा ।
खुकुरी भिरेर कान्छी, जानुपर्‍यो जर्मनको धावामा ।
खोला खोला नहिँड्नु होला, जर्मनले पड्काउला बम गोला ।

(स्रोत : दिलबहादुर क्षत्री, नरायणस्थान ४, बलेबा बागलुङ) ।
अधिकांश नेपालीहरूको गन्तव्य भनेको भारतको विभिन्न क्षेत्र तथा अरबतिरको भाग नै समकालिक समयमा मुख्य रहेको पाइन्छ । कामको खोजीका लागि जाने विषय होस् वा अन्य प्रयोजनका लागि जाने किन नहोस् भारत तथा अरबतिरको यात्रा नेपालीका लागि सहज भएको छ । सामान्य साक्षर मानिसले पनि काम पाउने र स्वदेशमा काम नपाउँदा विदेश जानुपर्ने अवस्था रहेको नेपाली जीवनले साक्षात् व्यहोरेको विषय हो । भारतमा कामको खोजीमा गएका नेपाली र अरबतिर गएका नेपाली नागरिक नेपालमा सामान्य किसिमको जीवन बिताउने नागरिक नै हुन् । अंशतः मध्यम वर्गीय जीवनमा रमाएका मानिसहरूले शारीरिक श्रम गर्ने र भारत तथा अरबमा पनि शारीरिक श्रमका भरमा आय आर्जन गर्ने परिपाटी रहेकोले नेपालीहरूको गन्यतव्य क्षेत्र भारत र अरब बनेको हो । यस ठाउँमा गएको नेपालीले भोगेका सास्ती र तिनका समग्र विषय र सन्दर्भलाई लिएर नेपाली गाउँले समाजमा लोकगीत गाएको पाइन्छ । जसमा स्वदेशका सन्दर्भभन्दा विदेशका सन्दर्भ र तिनका प्रभावका विषय आफैँ स्थापित भएका छन् । नेपालीहरूलाई इराकको भूमिमा सामूहिक हत्या गरिंदा होस् वा खाडीमा ठगिएका सन्दर्भलाई लिएर नै किन नहोस् नेपाली लोकगीतमा प्रवासका विरह प्रकट भएको पाइन्छ । विदेशमा कामको खोजीमा गएको नेपाली नागरिकले आफ्ना व्यथा शमन गर्न गाएका गीतमा प्रवासका विरह प्रकट भएका छन् भने नेपाली भूमिमा नै बसेर लोकसिर्जना गर्ने लोककलाकारले तिनका विषयलाई उठाएका छन् । दुवैतिर सिर्जना भएका नेपाली लोकगीतमा प्रवासका विरह प्रकट भएको पाइन्छ । उदाहरणका रूपमा निम्नलिखित प्रचलित दोहोरी गीतलाई लिन सकिन्छ ।

केटा : जान्छु विदेश अब त पियारी, बस तिमी घर धन्दा सियारी
मनै खराब दुःखले छाडेन जान्छु अरब ।
केटी : तिमी नजाऊ जीवनको सहारा, बालबच्चा रुने छन् चम्धारा
मनै खराब दुःखले छाडेन जान्छु अरब ।।

(मल्ल, २०५८: १५६) ।
गाँंउले नेपाली समाजका मानिसहरू सामान्य कामको खोजीका लागि भारतका विभिन्न प्रान्तमा जाने प्रचलन निकै पहिलेदेखि भएको मानिन्छ । कुनै तिथिमितिका आधारमा भारततिर कामको खोजीमा निस्केको नेपालीको पहिचान गर्नेभन्दा पनि तीर्थाटन, वैवाहिक सम्बन्ध, शिक्षा आर्जन गर्न, आवत—जावतमा रोकटोक नहुने र सामान्य किसिमका काम पाउने भएकोले नेपालीहरू भारततर्फ जाने परम्परा प्राचीन समयदेखि रहेको विश्वास गरिएको छ । नेपालको भौगोलिक परिवेशले पनि नेपाल र भारतको सम्बन्धलाई शैक्षिक, धार्मिक, सांस्कृतिक तथा वैवाहिक रूपमा जोडेको छ । नेपालका पितृहरूको उद्धार गर्नका लागि काशी, गया, केदारनाथ जस्ता तीर्थमा जाने प्रचलन प्राचीन रहेको पाइन्छ । हिन्दूधर्ममा आस्थावान् नेपाली समाजका मानिसहरू जीवनमा एक पटक चारधाम (बदरीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका) नगएसम्म मानवजीवन सफल नहुने धार्मिक विश्वासमा अडिग छन् । त्यस्तै गरी आस्थाका दृष्टिले वर्गसिद्धिका लागि बुद्धको जन्मस्थल लुम्बीनी, काठमाडौ“को पशुपतिनाथ र मुक्तिनाथ धाममा भारतीय नागरिकको बाक्लो उपस्थिति रहन्छ । वृद्ध अवस्थाका बाबाआमालाई चारधाम गराउ“दा नेपालीहरूले भारतमा पाइने कामको सन्दर्भलाई बुझेकाले नेपालीहरूको गन्तव्य भारत बनेको विषयमा विश्वस्त हुन सकिन्छ । त्रेता युगमा अयोध्यामा बसोवास गर्ने रामले जनकपुरमा बसोवास गर्ने सीतास“ग वैवाहिक सम्बन्ध बनाएको पौराणिक प्रसङ्गले हालको नेपाल र भारतको सम्बन्ध प्राचीन रहेको विश्वास गर्न सकिन्छ । चौरासी हजार ऋषिहरू कहिले दण्डकारण्य नामको भूमिमा बसोवास गरेको र कहिले शिक्षा, जागरण र उपदेशका लागि पशुपत् क्षेत्रमा रहेको श्लेष्मान्तक वनमा आएको, हिमालयमा तपस्या गरेको जस्ता सन्दर्भ विभिन्न पुराणहरूमा उल्लेख भएको छ । यसले हालको राजनीतिक विभाजनमा रहेको भारत वर्षको नेपाल र भारतको परस्पर सम्बन्धलाई व्यक्त गर्दछ । विशेष गरी भारतमा काममा गएको मानिसलाई नेपाली समाजमा लाहुर गएको भनिन्छ । हाल पाकिस्तानको भू—भागमा पर्ने लाहोर ठाउ“मा नेपालीले काम गरेर घरमा फर्की आएको समयमा उसले लाहोरबाट आएको भनेको हु“दा नेपाली समाजका मानिसहरूले विदेशमा काम गर्न जाने सन्दर्भलाई जनाउन लाहुर जाने शब्दको प्रयोग गरेको विश्वास गरिएको छ । सामान्य कृषिकर्मका भरमा जीवन चलाउने परिवारमा छोरो लाहुर गएको छ भने मर्दा र पर्दा साहुले पनि ऋण पत्याउने होइन भने परिवारमा समस्या परेको समयमा समस्याको समाधान ननिस्कने भएकाले नेपाली समाजका मानिसहरू भारतका विभिन्न प्रान्तमा लाहुरे हुन जाने गरेको तथ्य भेटिन्छ । परिवारका समग्र चाहना पूरा गर्न र आमाबाबाको धार्मिक विषयसँग जोडिएका मनोकाङ्क्षा पूरा गर्न पनि भारततर्फ लाहुरे बन्न जाने नेपाली समाजको यथार्थ रहेको पाइन्छ । समग्र नेपाली समाजमा यस प्रकारको प्रभाव रहेको हुँदा बाह्रमासे नेपाली लोकगीतमा लाहुरका विषय प्रकट भएका छन् । भारतका विभिन्न स्थानका नाम र तिनका विशेषतालाई लिएर पनि नेपाली समाजमा लोकगीतको प्रयोग भएको छ । लोकबहादुर क्षत्रीले गाएको गीतमा नेपालमा बसोबास गर्ने आमाले गाउँमा कृषिकर्म गर्दा रोएको प्रसङ्गलाई तत्कालीन वा समकालीन सन्दर्भको प्रतिबिम्ब बनाएर गीतको संयोजन गरेका छन् । लाहुरे बन्न गएको छोरो यात्राका सिलसिलामा रुँदैरुँदै गोरखपुरमा पुगेर रेलमा चढ्ने काम गरेको समयको तथ्यलाई सन्दर्भपरक बनाई प्रवासका विरहलाई उठान गरिएको छ ।

आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा ।

कामको खोजीका लागि नेपालको गाउँघर छाडेर विदेशतिर गएका मानिसहरू कुनै धन कमाएर घरमा आउने र कुनै भने विदेशतिर नै हराउने गर्दछन् । नेपाली समाजमा नेपालीहरू विदेशमा हराएका उदाहरण खोजी ग¥यो भने प्रशस्त भेट्न सकिन्छ । पन्द्र, सोह्र वर्षको उमेरमा झोला भिरेर स्वदेशतर्फ पिठ्युँ फर्काएर विदेशतिर गएको नेपाली नेपाल कहिल्यै फर्केन । विदेशतिर नै बरालियो । स्वदेश र्फकने साहस कहिल्यै गरेन । उसले उतै घरजम गरेर बसेको हो वा उसको मृत्यु भएको हो । यस विषयको ज्ञान नेपालका गाउ“मा बसोवास गर्ने मानिसलाई भएन । बरू सय वर्ष बितेपछि काजकिरिया गर्नुपर्छ भन्ने मान्यता नेपाली समाजमा भने स्थापना भयो । कामको खोजीका लागि निस्केका नेपालीहरू घरबार जोडेर उतै बसे । उनीहरूले नेपाललाई माया गर्ने भए पनि जन्मभूमिमा खान तथा लाउनको दुःखले सबै कुरा बिर्सायो । नेपाली भाषा साहित्यप्रतिको माया भने निरन्तर र≈यो । यिनका लोकसिर्जनामा स्थानिक परिवेशका विषयले प्रवेश पाएको भए पनि प्रवासका विरहका साथ नेपाली आत्मा लोकगीतमा प्रकट भयो । भारतको आसाम, मेघालय, देहरादून, दार्जिलिङ, सिक्किम, गोरखपुरको कुनाघाट एवम् वर्मा, भुटान जस्ता देश तथा ठाउ“मा पुगेका नेपालीहरू उतै बसे फर्केर आएनन् । समकालीन समयसम्म यस प्रकारको विदेश लागेपछि स्वदेश फर्केर नआउने रोगबाट नेपालीहरू मुक्त भएका छैनन् । यिनका लोकसिर्जनामा प्रवासका पीडा प्रकट भएका छन् । यस्तै कहिल्यै नफर्कने गरी पलायन भएका नेपाली जीवनका मानिसलाई विषय बनाएर नेपाली समाजमा लोकगीत गाएको पाइन्छ । धनकुमारी थापाले स्वर दिएको गीतमा यो भावना समेटिएको छ ।

गयो माया म्याग्दी पुल तरेर, म्याग्दी पुल तरेर
चिमखोलामा नआउने गरेर, बेनी दोभान, नलानु नजानु बित्यो जोबान ।।
पहिले माया लगायौ कर लाई—लाई,लगायौ कर लाई—लाई
बिच पार्‍यौ मायामा ठक्कर खाई, बेनी दोभान, नलानु नजानु बित्यो जोबान ।।

(स्रोत : धनकुमारी थापा, बरङ्जा ८, तल्लो गाउ म्याग्दी) ।
समकालिक समयमा कामको खोजीका लागि विदेशतर्फ लाग्ने नेपालीहरूको गन्तव्य फेरिएको छ । जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, अरबको खाडी आदि ठाउँमा आकाशमार्गको प्रयोग गरी कामका लागि निस्कने नेपाली र तिनका सन्दर्भ नेपाली लोकगीतमा सजिएको पाइन्छ । धेरैजसो सुखमा रमाएका मानिसका भन्दा दुःख र पीडामा छटपटिएका नेपालीका व्यथालाई लोकगीतमा सजाइएको हुँदा विकसित मुलुकमा पुगेका नेपालीका सन्दर्भ नेपाली लोकगीतमा कम प्रयोग भएको पाइन्छ । लोकगायक विमलराज क्षत्रीले “जापान टोकियो मैले चिठी पठाकै थिएँ नि कता रोकियो भनी जापान गएको नेपालीले नेपालमा चिठी पठाएको तर बाटोमा रोकिएको विषयलाई लिएर लोकगीत गाउँदा प्रवासको विरह गीतमा समावेश भएको पाइन्छ । यस्तै नेपाली समाजमा प्रचलित बनेको अच्छा लेकिन् लण्डनको चिसोले समाउला, आऊ न माया सँगै बस नँ जस्ता नेपाली लोकगीतमा बेलायतको चिसोको सन्दर्भ प्रयोग भएको छ । त्यसैले नेपाली लोकगीतमा प्रवासका सन्दर्भ प्रकट भएका विविध सन्दर्भ र अवस्था छन् । अतः नेपाली लोकगीतमा प्रवासका विरहका साथ स्वदेशका सन्दर्भ पनि प्रकट भएको विवेचनामा समावेश गरिएका नेपाली लोकगीतबाट प्रस्ट हुन सकिन्छ ।

४ बिसाउनी
नेपाली लोकगीत नेपालका साथै विश्वका सबै ठाउँमा ध्वनित हुने गरेको छ । नेपालीहरू काम र मामको खोजीका लागि विदेशी भूमिमा पुगेको अवस्थामा मनका विरह शमन गर्न नेपाली गाउँघरमा गाउने गरिएका झाम्रे, सालैजो, यानीमयाँ, सुनीमयाँ, रोदी, ओखरा, खोप्रो आदिमा गाउने गरिएका लोकगीतको प्रयोग प्रवासमा पनि गाउने गरिएको छ । प्रवासका विरहअन्तर्गत विशेष गरी रोइला, चुड्का, भजन, आरति र विद्युतीय सञ्चारका माध्यमबाट बज्ने गरेका लोकगीतको प्रयोग पनि निकै भएको पाइन्छ । समग्रमा हेर्ने हो भने प्रवासमा रहेका समस्त नेपालीहरूले नेपाली लोकगीतका माध्यमबाट मनका विरह शमन गरेको तथ्य भेट्न सकिन्छ ।

५ सन्दर्भ विवरण
उपाध्याय, कृष्णदेव, (सन् १९६८). लोक साहित्य की भूमिका.(सातौं संस्करण). इलाहावाद : साहित्य
भवन ।
गिरी, जीवेन्द्रदेव (२०६७). नेपाली लोक साहित्यमा जन जीवन. काठमाडौ : एकता प्रकाशन ।

थपा, दिनबहादुर (२०५०). “गलाकोट क्षेत्रमा प्रचलित लोकगीतहरुको सर्वेक्षण र अध्ययन” (स्नातकोत्तर
शोधपत्र). काठमाडौं : नेपाली केन्द्रीय विभाग ।

थपा, धर्मराज र हंसपुरे सुवेदी (२०४१). नेपाली लोकसाहित्य. काठमाण्डौं : त्रिभुवन विश्वविद्यालय,
पाठ्यक्रम विकास केन्द्र ।

नेभा, बालकृष्ण र शास्त्रदत्त पन्त (२०२४). धवलागिरि अञ्चलको साहित्यिक गतिविधि” हिमानी. वर्ष
४, जेठ—असार, पृ. ८८—९८) ।

पन्त, कालीभक्त (२०२८). हाम्रो सांस्कृतिक इतिहास. स्याङ्जा : लेखक स्वयम् ।

पराजुली, कृष्णप्रसाद (२०६४). नेपाली लोकगीतको आलोक. (दो.सं.). काठमाडौं : रत्न पुस्तक भण्डार ।

पराजुली, मोतीलाल र जीवेन्द्र देव गिरी (२०६८). नेपाली लोक साहित्यको रूपरेखा. ललितपुर : साझा
प्रकाशन ।

पौड्याल, राजेन्द्र (२०४६). “नेपाली लोकगीतको परम्परा र विकास”. गरिमा. (वर्ष ७.अङ्क १२.
पूर्णाङ्क ८४). पृ. ५७—६२ ।

पौड्याल, षडानन्द (२०७३). नेपाली लोकगीतमा धवलागिरि अञ्चलको योगदान : एक अध्ययन.
क काठमाडौ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान ।

मल्ल, राधिका (२०५८). “म्याग्दी जिल्लामा प्रचलित नेपाली लोकगीतको अध्ययन”. (स्नातकोत्तर तहको
शोधपत्र). काठमाडौं : नेपाली केन्द्रीय विभाग ।

(स्टार एक्प्रेस साप्ताहिक बाट)

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -