स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

अफगान शान्तिवार्ता दोहामा शुरु

सेयर गर्नुहोस

दोहा, २३ असार : – अफगानिस्तानका दर्जनौं शीर्ष व्यक्तित्वहरु सम्मिलित समूहसँग तालिबान विद्रोहीको वार्ता सोमबार पुनः शुरु भएको छ । वार्तामा महिला अधिकार समेतका कतिपय महत्वपूर्ण विषय सहित तत्काल युद्धविराम गर्ने मुख्य कार्यसूची रहेको छ ।

अमेरिका–तालिबान वार्ता जारी रहेकै समयमा तालिबान र अफगानिस्तानका शीर्ष व्यक्तित्वबीच वार्ता भएको हो । विगत १८ वर्षदेखि जारी रक्तपातपूर्ण युद्ध अन्त्य गर्न हाल अमेरिका, तालिबान र अफगानी शीर्ष व्यक्तिहरुले निरन्तर वार्ता गरिरहेका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्वीट गर्दै अफगान युद्ध गर्ने सन्दर्भमा अफगान सरकार, नागरिक समाज, महिला र तालिबान एकै ठाउँमा उभिएकामा खुशी व्यक्त गर्नुभयो ।

अमेरिकाले आगामी सेप्टेम्बरमा हुनेगरी तय भएको अफगानी राष्ट्रपतीय निर्वाचन अघि नै तालिबानसँग कुनै किसिमको राजनीतिक सम्झौता हुने विश्वास व्यक्त गरेको छ । अमेरिकाले राजनीतिक सहमतिसँगै विदेशी सेना अफगानिस्तानबाट फिर्ता हुन थाल्ने जनाएको छ ।

जर्मनी र कतारको आयोजनामा पछिल्लो दुई दिने वार्ता भइरहेको हो । वार्तामा अफगानिस्तानका ७० जना प्रतिनिधिको सहभागिता छ ।

वार्तामा तालिबान विद्रोहीले महिलाको भूमिका, आर्थिक विकास र अल्पसंख्यकको भूमिकाका बारेमा पनि धारणा राखेको अफगानी प्रतिनिधिमण्डलकी सदस्य असिला वार्दाकले बताउनुभयो ।

उहाँले वार्तामा सबैले तालिबान र सरकारले तत्काल युद्धविराम गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -