स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

नेपाल नयाँ युगमा प्रवेश गरेको छ–मुख्यमन्त्री राई

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

प्रदेश नं –१ का मुख्यमन्त्री शेरधन राईले शासन व्यवस्था मात्र नभई पूरै राजनीतिक प्रणाली नै परिवर्तन भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपाल शान्ति, स्थिरता र सुशासनको बाटोमा अगाडि बढिरहेको कुरामा जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको कुरालाई नेपाल सरकारले केही समयअघि आयोजना गरेको लगानी सम्मेलनले पुष्टि गरेको उल्लेख गर्दै नेपालको तीव्र विकासका लागि सङ्घीय प्रणाली अवलम्बन गरेको धारणा राख्नुभयो । उहाँले सङ्घीयताले नै हिमाल, पहाड र तराईलाई जोडेको छ भन्दै सबै प्रकारका असमानता र विभेद्का खाडलहरु पुरिँदै गएको उल्लेख गर्नुुभयो ।

आम नागरिकलाई छिटो–छरितो सेवा प्रवाह गर्न नेपाली जनताले सङ्घीयता रोजेका छन् प्रष्ट पार्दै मुख्यमन्त्री राईले संसारभर छरिएर रहेका नेपाली विभाजित नहुन आग्रह गर्नुभयो । उहाँले आफ्नो मातृभूमिका लागि केही गर्ने बेला आएको छ । बताउँदै एकता, आपसी विश्वास, सद्भाव र सम्मान र सहकार्यबाट नेपालको विकासमा जुट्न अपिल गर्नुभएको सल्लाहकार सुवेदीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -