स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

राखेप सदस्य सचिवमा सिलवाल

सेयर गर्नुहोस

राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त हुनुभएको हो । मन्त्रीस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको सपथ लिनुभएको हो । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूद मन्त्री अध्यक्ष रहने प्रावधान छ ।

सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष हुनुहुन्थ्यो । सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । राखेपको १८औँ सदस्य सचिवका रुपमा नियुक्त हुनुभएका सिलवालले शपथ ग्रहणका साथै आजै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बहालीसमेत गर्नुभयो । उहाँले सबैलाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सदस्य सचिव सिलवालले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि तालिका बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -