स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अध्यक्ष दाहालद्वारा नेता अधिकारीप्रति श्रद्धाञ्जलि

Pushpa Kamal Dahal - The Times of Nepal - TON
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार निधन हुनुभएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ललितपुरको कुपण्डोलस्थित सो पार्टीको केन्द्रीय कार्यालय पुगेर उहाँले नेता अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । गत पुस २७ गते चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनुभएका अधिकारीलाई फोक्सोको क्यान्सर भएको थियो । किमोलगायत उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको थियो ।

विसं २०११ मा गोरखाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियो । तत्कालीन एकीकृत नेकपा (माओवादी) पार्टी विभाजन भएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो ।

अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बन्नुभएका अधिकारी लोकप्रिय मत ल्याए पनि काङ्ग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -