आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु



२९

साधारण शेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आजदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको पनि शेयर बिक्री शुरु भएको छ ।

सो संस्थाको कूल चार लाख कित्ता साधारण शेयर बिक्री शुरु भएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण शेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।



उक्त संस्थाको शेयरमा आजदेखि यही असार २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

शेयरमा लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, आँधिखोला लघुवित्त वित्तीय संस्था र सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । संस्थाको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा औशत अवस्था देखाउने ग्रेड चार उपलब्ध गराइएको छ । त्यस्तै शुक्रबारदेखि कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडाघोडी लघुवित्तको समेत साधारण शेयर बिक्री शुरु भएको छ ।


User Avatar
द टाइम्स अफ नेपाल
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि