स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

United Nations - TON
सेयर गर्नुहोस

त्रिपोली, २१ असार : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ ।
तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो ।

राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ ।
सो आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ भन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । ती मध्ये छ जना बालबालिका रहेका छन् ।

घटनामा परी घाइते हुनेहरुको संख्या १३० रहेको पनि डब्लुएचओका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता जोएल मिल्मानले घटनामा परी विभिन्न १७ देशका नागरिक मारिएको बताउनु भयो ।

राजधानी त्रिपोलीको पूर्वी तजौरामा रहेको आप्रवासीहरु बस्ने ठाउँमा भएकोे हवाई आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संगठनहरुले विरोध जनाएका थिए । युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरु बसेको ठाउँमा आक्रमण भएको हो ।

लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सय भन्दा बढी घाइते भएका पनि डब्लुएचओले जनाएको छ ।
त्यसैगरी आक्रमणमा परेका वा त्यसबाट त्रसित भएका झण्डै एक लाख स्थानीय बासिन्दा आफ्नो घर छोडेर विस्थापित भएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -