स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अमेरिकी औषधिको मूल्य घटाइने

अमेरिका - USA - The Times of nepal
सेयर गर्नुहोस

२१ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिनुभएको छ ।
‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उहाँले सम्वाददाताहरुसँग भन्नुभयो । आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उहाँले बताउनु भएको छ ।

उहाँले भन्नुभयो– हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधि पाइरहेका छन् ।

उहाँले औषधि कम्पनीहरुले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताउनुभयो ।
तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देशहरु क्यानाडा, मेक्सिकोहरुले फाइदा भने लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -