पाँचौँ चेम्बर एक्स्पो फागुनमा

पाँचौँ चेम्बर एक्स्पो फागुनमा


बढ्दो व्यापार घाटा न्यूनीकरण र आर्थिक क्रियाकलापलाई चलायमान गराउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्शले पाँचौँ ‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना गर्ने भएको छ ।

आगामी फागुन १३ देखि १७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने सो मेलाबाट अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

Advertisement

मेलाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० को समयमा हुने एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी हुने विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “यसले व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने छ । यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने चेम्बरले विश्वास लिएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

एक्स्पोमा विभिन्न मुलुकबाट उद्योगी व्यवसायी तथा तिनका छाता सङ्गठनले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेटलगायत विधाका उत्पादन तथा सेवा मेलाको आकर्षणका रुपमा रहनेछन् ।

मेलामा २५० बढी प्रदर्शनी कक्ष रहने छन् । जसमा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागिता रहने छ । नेपाललगायत भारत, चीन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्सलगायत युरोपका मुलुक तथा अन्य राष्ट्रका उत्पादित सामग्री मेलामा राखिने बताइएको छ ।

User Avatar
द टाइम्स अफ नेपाल
अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ । “परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL , thetimesofnepal.com

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?