स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

विद्यार्थीको तनाव व्यवस्थापनबारे अध्ययन गर्न शिक्षकलाई प्रशिक्षण

‘क्रोधरहित संसार’, wwa
सेयर गर्नुहोस

काठमाडौँ, १६ असार ‘क्रोधरहित संसार’ नामक संस्थाले काठमाण्डौमा आज तनाव व्यवस्थापनसँग सम्बन्धित संवेग नियन्त्रण प्रशिक्षण कार्यक्रको आयोजना गरेको छ ।

क्रोधरहित जीवनका लागि संवेगात्मक शिक्षा र साक्षरता कार्यक्रम गर्दै आएको ‘क्रोधरहित संसार’ द्वारा आयोजित प्रशिक्षण कार्यक्रमा काठमाडौँ उपत्यकाका सार्वजनिक र निजी गरी ३४ विद्यालयका शिक्षकहरुकको सहभागिता रहेको थियो ।

कार्यक्रममा ‘क्रोधरहित संसार’ अध्यक्ष देशमर्दन बस्नेतले तनाव व्यवस्थापनसँग सम्बन्धित २५ प्रश्न लिएर विद्यालयमा जाने जानकारी दिनुभयो । खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ पौडलले विश्वमा हिंसा र अशान्तिको नकारात्मक असर परिरहेको समयमा यस प्रकारको अध्ययन महत्वपुर्ण हुने बताउनुभयो ।

तस्वीर : दीलीप फुयाल

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका उपसचिव खगराज पौडेलले विद्यार्थीमा गरिने त्यस्ता प्रश्नलेसंवेगात्मक भावना पैदा भई अध्ययनमा सहजता आउने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका समाज विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख डा शिशिर सुब्बा, विज्ञहरु प्रो.डा. मुरारी प्रसाद रेग्मी, डा. लक्ष्मण शाक्य र डा शालिग्राम भट्टराई, त्रिविको केन्द्रीय मनोविज्ञान विभागका सहायक प्राध्यापक सन्देश ढकाललगायतकाविभिन्न विज्ञहरुद्वारा प्रशिक्षण गरिएको थियो । प्रशिक्षण प्रश्चात् सहभागि शिक्षकहरुलाई प्रमाण पत्र वितरणे गरिएको थियो ।

wwa, trending video, thetimesofnepal

प्रशिक्षणमा भाग लिएका शिक्षकले वर्ष भरी आफ्नो विद्यालयमा तनाव व्यवस्थापनसँग सम्बन्धित तालिम दिने छन् ।
यो शिक्षाको प्रतिपादन अमेरिकन नागरिक डा. डिन भ्यान लु भ्यानले गरेका हुन । हाल नेपाल, भारत, अफ्रिका, र युरोप हुँदै विभिन्न देशहरुमा संचालिन गरिएको छ ।

नेपाललाई आफ्नो दोश्रो घर भन्ने ‘क्रोधरहित संसार’ का प्रमुख संरक्षक डा. डिन भ्यान लु भ्यानको भने यसै वर्ष मृत्यु भइसकेको छ ।
यस अगाडि सम्पन्न भएको ८ औं अन्तराष्ट्रिय सम्मेलमा सहभागी हुन काठमाडौं आउनुभएको थियो ।

उहाको मृत्यु पश्चता उनका उत्तराधिकारी म्याटले प्रमुख संरक्षको जिम्मेवारी सम्हालेको कुरा डिन भ्यानको १३ औं पुण्य तिथिमा काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष देशमर्दन बस्न्यातले जानकारी गराउनु भएको थियो।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -