स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

आरन व्यवसाय गर्न आधुनिक यन्त्र

सेयर गर्नुहोस

आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि शुक्लाफाँटा नगरपालिका–८ का दुई जनालाई आज अनुदान स्वरुप आधुनिक यन्त्र हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयको रु एक लाखको अनुदान सहयोगमा आरन व्यवसायी लक्षिमन टमटा र वीरसिंह कामीलाई आधुनिक यन्त्र हस्तान्तरण गरिएको हो । “आधुनिक तरिकाले धातुका भाँडाकुडासँगै कृषि औजार निर्माण गरी दलित परिवारलाई आत्मनिर्भर बनाउन अनुदानमा मेसिन प्रदान गरेका छौँ”, वडाध्यक्ष बहादुरसिंह महराले भन्नुभयो ।

परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएका दुवै जनालाई ड्रिल, कटिङ र वेल्डिङ यन्त्र प्रदान गरिएको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न यन्त्र पाउनुभएका वीरबहादुरले परम्परागत तरिकाले धातुका भाँडाकुडा र कृषि औजार बनाउँदा धेरै समय लाग्ने गरेकामा आधुनिक यन्त्र पाएपछि सयमको बचत हुने, श्रम कम लाग्ने र निर्माण हुने औजारको गुणस्तरमा सुधार आउने भएकाले मूल्य पनि राम्रो पाइने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -