स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

चार सय धारा जडान

एक घर, एक धारा
सेयर गर्नुहोस

तनहुँको ब्यासनगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ देखि चालु आवको हालसम्म ती धारा जडान गरिएको हो ।

एक घर एक धारा अभियानअन्र्तगत योजना प्राथामिकतामा राखेर प्रत्येक घर घरमा पानीको धारा जडान गरिएको सो वडा कार्यालयले जनाएको छ । वडाको रुम्सीमा ११३, ठिन नयाँ गाउँकोटमा ७१, मास्दीमा ४५, सुडेमा ४६, हर्कपुरमा ३८, छाब्दी कैजलेमा ३६, बेलभञ्ज्याङमा २२ र राशि भञ्ज्याङमा २० वटा धारा जडान गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।

गत आवमा आठ लाख र चालु आवमा ७२ लाख गरी ८० लाखको लागतमा उक्त धारा जडान गरिएको हो । “अब ७६ घरधुरीमा धारा जडान गर्न बाँकी छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । आउँदो आर्थिक वर्षमा सम्पन्न गर्ने गरी आँपटोलका ४० घरका लागि रु दश लाख र नयाँ गाउँ हुस्लाङका ३६ घरपरिवारका लागि २० लाख विनियोजन गरिएको छ ।

बस्ती भन्दा तल पानीको मुहान रहेकोले लिफ्ट प्रणालीबाट पानी तानेर ट्याङ्कीमा जम्मा गरी घरघरमा पानी वितरण गरिएको छ । उक्त क्षेत्रमा ब्रिटिस वेलफेयरले प्रदान गर्दै आएको खानेपानीको मुहान २०७२ को भूकम्पले दबेपछि करीब दुई सय देखि चार सय मिटर उचाइसम्म पानी लिफ्टीङ गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । दुई घरपरिवारका लागि अलग अलग मुहानबाट पानी ल्याएर वितरण गरिएको छ ।

भौगोलिक विकटताका कारण बस्ती पनि छरपष्ट रहेकोले घर घरमा पानी पु¥याउन कठिनाइ भोग्नु परेको वडाध्यक्ष श्रेष्ठको तीतो अनुभव रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -