मन्त्री परिवर्तनबारे जानकारी छैन : उद्योगमन्त्री मन्त्री परिवर्तनबारे जानकारी छैन : उद्योगमन्त्री


matrika-prasada-yadav
२७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्री परिवर्तनबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेख जाने क्रममा सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले मन्त्री फेरबदलको विषय प्रधानमन्त्रीलाई मात्र थाहा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “को मन्त्री परिवर्तन हुने हो ?, त्यो हामीलाई थाहा हुने कुरा होइन, प्रधानमन्त्रीलाई थाहा हुने विषय हो, मलाई यसबारे केही थाहा छैन् ।”
उहाँले पेट्रोलियम पदार्थको अन्वेषणपछि मात्र उत्खननको टुङ्गो लाग्ने बताउनुभयो । मन्त्री यादवले केही व्यवहारिक समस्यालाई हल गरेर पश्चिम सुर्खेतको चौकुने सिमेन्ट कारखाना छिट्टै सञ्चालनमा ल्याउन पहल गरिने जानकारी दिनुभयो ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि