स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मल उपलब्ध गराउन माग गर्दै धर्ना

कृषि , रासायनिक मल - the times of nepal
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसले आइतबार कैलालीका १३ वटै स्थानीय तहमा एक घण्टा धर्ना कार्यक्रम गरेको छ । सरकारले किसानलाई मल र बीउ उपलब्ध गराउन नसकेको भन्दै धान दिवसकै दिनमा नेपाली काङ्ग्रेसले स्थानीय तहमा धर्ना दिएर सरकारलाई दबाब दिएको हो ।

धान रोपाइँ गर्ने बेला मल र बीउको चरमा अभाव भएको जानकारी गराउँदै यथाशीघ्र समस्या समाधान गर्न सङ्घ र प्रदेश सरकारलाई स्थानीय तह प्रमुखमार्फत ज्ञापनपत्र पनि बुझाइएको छ । टीकापुरमा नेपाली काङ्ग्रेसका नगरसभापति धनराज उपाध्यायले नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावललाई र जानकी गाउँपालिकामा क्षेत्रीय सचिव शुभनाथ देवकोटा र सभापति लक्ष्मीप्रसाद खनालले गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

यसैगरी ज्ञापनपत्रमा किसानलाई सहज ढङ्गले मल र बीउ उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकारसँग माग गरिएएको छ । टीकापुरमा भएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महासमिति सदस्य फकिरसिंह कडायतले मानो रोपेर मुरी उमार्ने बेला मल र बीउ नपाउनु दुखद् भएको बताउनुभयो । नेपाली काङ्ग्रेसले राष्ट्रिय धान दिवसको अवसर पारेर वर्षेनी धान रोपाइँ गर्दै आएको भए पनि यसवर्ष विरोधस्वरुप धर्ना कार्यक्रम गरेको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -