स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्धारा स्वागत

सेयर गर्नुहोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गर्नुभएको हो ।

उहाँले अर्थपूर्ण र उपलब्धीमुलक हुने भए शिखर बैठक बस्न उत्तर कोरिया तयार रहेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार विहान ट्वीट गर्दै दक्षिण कोरिया भ्रमणमा आएका बेला उत्तर कोरियाका नेता किम जोङ अनसँग भेटवार्ता गर्न चाहेको उल्लेख गरेको केही घण्टामै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रपति ट्रम्प शनिबार बेलुका दुई दिने भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सोल आउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

उहाँ जापानको ओसाकामा भइरहेको जि २० शिखर सम्मेलनमा सहभागी भएर त्यतैबाट दक्षिण कोरिया आउन लाग्नु भएको हो ।

उहाँले आइतबार उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने विभिन्न ठाउँहरुको भ्रमण गर्ने तय भइसकेको जनाइएको छ ।

दक्षिण कोरियाका प्रथम उप विदेश मन्त्री चोएले अमेरिकाको तर्फबाट वार्ताका लागि औपचारिक प्रस्ताव भने आइनसकेको स्पष्ट पार्नुभयो ।

गत बर्ष किम र ट्रम्पबीच दुई ओटा शिखर बैठक भएको थियो । तर बैठकमा भएका सहमति कार्यान्वयन नभएपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गर्दै आपसी सम्वन्ध विग्रिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -