वृक्षरोपण वर्ष’मा चार करोड बिरुवा रोप्ने तयारी वृक्षरोपण वर्ष’मा चार करोड बिरुवा रोप्ने तयारी


world environment day, tree, world environment day tree plantation

–भीष्मराज ओझा

यही असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै ‘वृक्षरोपण वर्ष’को शुरुवात समेत गरिँदैछ ।

यो पनि छुटाउनु भयो कि ?


वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा दिवसका अवसरमा शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रियस्तरमा ‘वृक्षरोपण वर्र्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले बिहीबार सार्वजनिक गरेको छ ।

सन् २०१८ जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरूवा रोपण अभियान’ शुभारम्भ गरिएको हो । सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ । साथै लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफुल तथा औषधिजन्य (हर्बल) बिरूवा रोपण गर्ने सरकारले निर्णय गरेको छ ।

दिवसका अवसरमा कोटेश्वरमा बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम गरी सो क्षेत्रमा गिन्को, असारे फूल, कामिनी, राजवृक्ष, तेजपात, कल्कीफूल, जाकारान्दा, कपुर, पुवाले, करवीरलगायत प्रजातिका ठूला साइजका बिरुवा रोपण गरिने छ । सो अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुखलगायतले समेत वृक्षरोपण गर्ने बताइएको छ ।

वृक्षरोपणका लागि सो सडकखण्डका दुबै किनारामा आवश्यक सङ्ख्यामा खाल्डा खनिसकिएको र नौ समूहमा विभाजन गरी सङ्कलित बिरुवा रोपिने छ । दिवसको पूर्वसन्ध्यामा वनमन्त्री शक्तिबहादुर बस्नेतले रासससँग आफ्नै कार्यकक्षमा कुरा गर्दै दिवसका अवसरमा देशभर वृृक्षरोपण कार्यक्रमलाई महोत्सवका रुपमा मनाउन लागेको बताउनुभयो ।

“वृक्षरोपण दिवसका साथै भोलि नै सरकारले घोषणा गरेको ‘वृक्षरोपण वर्ष २०७६÷७७’ को औपचारिक शुरुआत पनि हो ।” सरकारले यसअघि नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’का रुपमा घोषणा गरेको थियो ।

वर्षभरीमा न्यूनतम् चार करोड बिरुवा रोप्ने र पाँच करोड रोप्ने लक्ष्य राखेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “यस अभियानमा सबै तहका सरकारका सबै निकाय सहभागी हुनेछन्, आमजनतालाई पनि सहभागी हुन आह्वान गरेका छौँ ।”
यति धेरै सङ्ख्यामा बिरुवा कसरी आपूर्ति हुन्छ भन्ने जिज्ञासामा वनमन्त्री बस्नेतले दुई करोड भन्दा बढी बिरुवा सरकारी वनद्वारा व्यवस्थित नर्सरीमा रहेका र तीन करोड जति बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेका आफ्नो जानकारीमा आएको बताउनुभयो । यस अतिरिक्त कृषि विकास मन्त्रायअन्तर्गत पनि फलफूलका बिरुवा रहेको बताउँदै उहाँले वृक्षरोपणमा काष्ठ, गैरकाष्ठ, सौन्दर्य सम्बन्धी, जडीबुटी, फलफूललगायत सबै प्रजातिका बिरुवा रोपण गर्ने भएकाले यसले वनको विविधिकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वनमन्त्री बस्नेतले भन्नुभयो, “वृक्षरोपण वर्षको उद्देश्य वृक्षरोपण गर्ने मात्र होइन, त्यसमा संरक्षण कार्यक्रमलाई पनि एक हिस्सा बनाएका छौं । यसमा हामी सबै बिरुवाको रेकर्ड पनि राख्छौं र आमजनतालाई संरक्षणमा सहभागी बनाउने कार्यक्रम पनि बनाउँछौँ ।” संरक्षणको निम्ति थप विशेष व्यवस्था पनि गर्ने मन्त्रालयको योजना छ ।

‘एक जवान, एक बिरुवा रोपण अभियान’

सरकारको ‘एक नेपाली, एक फलफूलको बिरुवा रोपण अभियान’ लाई मूर्तरुप प्रदान गर्न नेपाली सेनाले पनि ‘एक जवान, एक बिरुवा (फलफूलका बोट) रोपण अभियान’ को कार्यक्रम लागु गरेको छ । सोही अभियान बमोजिम आज प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका बिरुवा रोपी अभियानको शुभारम्भ गर्नुभएको छ ।

स्थानीय प्रतिनिधि तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागिता जुटाई मुलुकभर ब्यारेक हाताभित्र र बाहिर गरी एक लाख ५० हजार ९७७ विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य बिरुवा रोपण, संरक्षण र संवद्र्धन गर्ने नेपाली सेनाको योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सोही योजना अनुरुप प्रधानसेनापति थापाको उपस्थितिमा जङ्गी अड्डा हाताभित्र आज २५० विभिन्न जातका फलफूलका बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जङ्गी अड्डामा कार्यरत सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको निर्देशनालयले जनाएको छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस