स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

यसरी हेर्न सकिनेछ एसइई को नतिजा

see result 2075, trending, high gpa
सेयर गर्नुहोस

काठमाडौँ, १२ असार राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को परीक्षाफल आज सार्वजनिक गरेको छ ।

चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

नतिजा थाहा पाउनका निम्ति टेलिकमको मोबाइलबाट एसइईपछि सङ्केत नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर परिणाम थाहा पाउन सकिने जनाएको छ । नतिजा हेर्नका लागि see<space>symbol No  टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अङ्क मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

योबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बर, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिनेछ ।

साथै, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ।

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -