स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

स्वस्थ शरीर, शान्त मन र आनान्दित हृदयका लागि योग नै सहज उपाय

स्वस्थ शरीर, शान्त मन, योग
सेयर गर्नुहोस

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योग प्रशिक्षक, मोटीभेसनल ट्रेनर तथा राइट लाइफ फाउण्डेशनका अध्यक्ष राजेन्द्रप्रसाद न्यौपाने सँग द टाइम्स अफ नेपालका रिपोर्टर बाबुराम पोखरेलले लिएको अन्तरवार्ता जस्ताको तस्तैः–

१. हाल के गर्दै हुनुहुन्छ ?
हाल विभिन्न विद्यालय र कलेजमा प्रक्षिशण कार्यक्रमहरु दिने एवं स्वदेशी र विदेशीहरुलाई योग सम्बन्धि तालिम
(प्रशिक्षण) दिने कामहरु गर्दै छु ।

२.योगबाट मानिसलाई हुने फाइदाहरु के हुन त ?
सारमा भन्नु पर्दा योगले मानिसलाई शारिरीक, मानसिक र आध्यात्मिक फाइदाहरु दिने गर्दछ ।
रोग, शोक –चिन्ता (तनाव) र बन्धनबाट मुक्ति पाउनको लागि योग हिजो आज र भोलिका लागि सबभन्दा बढि
फाइदा दिनेमा पर्दछ । स्वस्थ शरीर, शान्त मन र आनान्दित हृदयका लागि योग नै सहज उपाय भएकाले नै योग
संसारभर नै लोकप्रिय हुदै गएको हो ।

३. तपाईले योग अभ्यास गराउने क्रममा आम जनमानसबाट प्राप्त गर्नु भएको उपलब्धीमूलक कुरा ?
सर्बप्रथम आम जनतानसले योग बाट जीवनलाई अझ सुन्दर बनाउन सकिने रहेछ भन्ने कुरा सिक्नु हो ।
जीवनलाई सकरात्मक ढङ्गले परिवर्तन गर्न सकिने बाटो खुलेको कुरा सहभागीहरुले बताउनु भएको पाइन्छ । यहि
नै उपलब्धी मान्न सकिन्छ ।

४. तपाई यस क्षेत्रमा आवद्ध हुनको लागि प्रेरणाको स्रोत ?
विचार विज्ञान र गीता दुई पुस्तकहरु नै यस क्षेत्रमा आवद्ध हुनको लागी प्रेरणाको स्रोत हुन् ।

५. तपाई जीवनमा आइपरेको अविस्मरणीय क्षण ?
विद्यार्थी जिवनमा एस एल सी दिने समयमा आंखा कम्जोरी भएर चस्मा किन्न पैसा नभएको बेलामा
घरबेटिले थाहापाएर चस्मा किन्दीनुभयो र मैले परिक्षा दिन पाए यही नै मेरो जिवनको अविस्मरणीय क्षेण बन्यो ।
 

६. अन्त्यमा ?
अन्त्यमा म के भन्न चाहन्छु भने नेपाल योगभुमि/तपोभुमि/बुद्धभुमि भएकोले गुणस्तरीय योग शिक्षाद्वारा
नेपालीहरुले योग सभ्यतालाई जोगाएर योग र योग पर्यटनका लागि नेपाल गन्तव्य स्थल हो भन्ने कुरा विश्वलाई
देखाउन सक्नु पर्दछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -