स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सातै प्रदेशमा रङ्गशाला : मन्त्री विश्वकर्मा

सेयर गर्नुहोस

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको प्रगतिबिना देशको समृद्धि सम्भव नरहेकाले खेल क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिकामा आजदेखि शुरु भएको विद्यालयस्तरीय खेलकूद प्रतियोगिता ‘राष्ट्रपति रनिङ शिल्ड’को उद्घाटन गर्दै उहाँले खेलकूदको विकासका लागि देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र ७५३ पालिकामा खेल ग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नका लागि अझ पनि व्यवस्थित रङ्गशाला नभएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर, सातै प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने एक÷एक वटा रङ्गशाला र ७५३ वटै स्थानीय तहमा दीर्घकालीन महत्वको एउटा÷एउटा खेल ग्राम निर्माण गर्ने योजनामा सरकार छ ।”

मन्त्री विश्वकर्माले खेलाडी जन्मने अर्को थलो विद्यालयको खेल मैदान भएकाले हरेक विद्यालयको खेल मैदान स्तरोन्नति गर्ने र प्रत्येक विद्यालयमा एक जना खेल शिक्षकको व्यवस्था गर्ने नीतिअनुसार सरकारले बजेटमा व्यवस्था गर्नु खेल क्षेत्रका लागि खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका प्रमुख कर्ण गुरुङले प्रतियोगितामा छात्रछात्रा भलिबल, कबडी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिन थ्रो समावेश गरिएको र सामुदायिक १० र संस्थागत एक गरी ११ विद्यालयका करीब ५०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -