स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

अन्याय र विकृति विरुद्ध आवाज उढाउन आविशकार भएको शक्ति हो, राष्ट्रनिर्माण शक्ति – शुरेस गिरी

trending news, hot news, latest news
सेयर गर्नुहोस

राष्ट्र निर्माण शक्ति नेपाल का अध्यक्ष सुरेश गिरी संग द टाईम्स अफ नेपालका रिपोटरले लिएको अन्नरवार्ता जस्ताको त्यस्तै

आज भोलि के गर्दै हुनुहुन्छ ?

देशमा भएको विथिति विरुद्ध राष्ट्रि निर्माण सक्तिले चलाएको अभियानमा व्यस्त छु ।

केहो ? राष्ट्र निर्माण शक्ती र के हुनत यसका अभियान ?

भष्ट्रचार विरुद्ध अभियान, महिला बालबालिका मा हुने हिंसा विरुद्ध, लगाएत देशमा भएका राष्ट्र घाति वेथिति विरुद्ध, आबाज उठाउने संगठन हो राष्ट्र घाति वेथिति विरुद्ध आवाज उठाउने संगठन हो, राष्ट्र निर्माण शक्ति र हाम्रा अभियान पनि यिनै हुन् ।

 trending news, hot news, latest news

अहिले सम्म तपाईहरुले चलाएका अभियान के के हुन् ?

सर्वप्रथम त भुकम्प गएपछि हामिले सहयोग गर्नुका साथै निश्पक्ष रुपमा पिडितले न्याय पाउनु पर्ने आवाज उढायौ, त्यसपछि राष्ट्र बाट यूवा पलायन लाई रोक्नुपर्छ, नागरिकता वितरणको भएको अनिमिता रोक्नु पर्छ भन्ने विषयमा आवाज उठायौं, वैदेशिक हस्तक्षेप विरुद्ध अभियान चलायौं सिमा विवाध समाधान गर्न भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यलगायत महिला वालबालिका लगायत पिडितका पक्षमा विभिन्न कार्यक्रम संचालन गर्दै आएकाछौ

अभियान संचालन गर्दा को आर्थिक पक्ष के चन्दा संकलन नै हो ?

होइन होइन हामिले राजनितिक दल र अन्य अभियान कर्ता जस्तो नवुझ्नुहोस् । हामिचन्दा माग्दैनौ हामि संग हाल २१ जनाको केन्द्रिय समिती छ । एक आपसमा आर्थिक व्यवस्था गछौं कसैले स्व–इच्छाले सहयोग गर्छभने त्यो फरक कुराहो हाल सम्म त्यस्तो छैन ।

trending news, hot news, latest news

संगठन विस्तार चाहि कस्तो छ ?

हामिले संगठन विस्तारको अभियान चलाएकात छैनौ हाम्रो र पनि हाम्रो संगठनमा स्वइच्छाले देशका अधिकांस जिल्लाका अभियन्ता र समर्थक हुनुहुन्छ ।

तपाईको व्यवसायनी रु आर्थिक आफै व्यवस्था गरेकाछौ भन्नु भयो ?
जागिर पनी गरे, र मैले सेक्युरेटी कम्पनी संचालन गरे हाल बाख्रापालन व्यवसाय गर्दछु र साथीहरुपनी जागिर, व्यवसाय मा हुनुहुनछ बाच्नकालागि केहि त गर्नै प¥यो नी हैन र ..

तपाई यसरि अधियानमा लाग्नुको पेरणाको श्रोत ?

म लम्जुङ्ग वैचोर ४ मा जन्मिएको हु मेरो हजुरवुवा त्यहाको पंचायत कालमा प्रमुख हुनुहुन्थ्यो उहाँले समाज र देश प्रति गर्ने चिन्तन नै मेरो प्रेरणाका श्रोत हुन् । अभियानका क्रममा कस्ता उत्तारचढाव सामना गर्नु पर्यो रु त्योत पटक पटक जेल जाने काम भए हालपनी विभिन्न निकायमा हाम्रा विरुद्ध फाइल छन् भन्ने सुन्छु । तर आफ्ना कुनै राष्ट्र विरोधि अभियान नभएकाले म चिन्तित छैन ।

trending news, hot news, latest news

राष्ट्र निर्माण शक्ती का अध्यक्षका तर्फवाट आम जनमानसमा केहि संदेश पु¥याउन चाहानु हुन्छ ?

अवस्य पनी देश विकास गछौ भन्दै सपना बाड्ने पार्टि संघ संस्था धेरै स्थापना भए र पालै पालो सत्तामा पनि पुगे तर जनताको चाहाना र आफुले बाँडेका सपना भुल्दैगए राष्ट्र दिन दिनै महंगीर भ्रष्टचारको चपेटामा परेको छ विकृति विसंगती बढीरहेकोछ हिंसात्याग गतिविधि झन् बढी रहेकाछन् यिनै विकृति विरुद्ध अभियान चलाई समृद्ध राष्ट्र निर्माण गर्न आवस्यकताले आविस्कार गरेको शक्ति हो राष्ट्र निर्माण शक्ति आउनुस सवै राष्ट्र प्रेमि देशभक्त एकभई अन्याय र विकृति विरुद्ध अगाडि बढौ भन्न चाहान्छु ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -