स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

भूकम्पका कारण चीनमा एघारको मृत्यु

सेयर गर्नुहोस

चीन, ३ असार : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।
देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०.५५ बजे राती भूकम्प गएको थियो ।

अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ ।
भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -