स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

खप्तडको निःशुल्क शिविरमा सयौँको उपचार

health news from nepal
सेयर गर्नुहोस

सुदूरपश्चिमको प्रमुख पर्यटकियस्थल खप्तडमा लागेको गङ्गा दशहरा मेलामा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँको निःशुल्क उपचार गरिएको छ ।

खप्तडमा तैनाथ रेहको श्री गुरु गोरख गुल्म खप्तड ब्यारेकले तीन दिनसम्म उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । गङ्गा दशहरा मेला भर्ना आएका हजारौं दर्शकलाई लक्षित गरी सेनाले उक्त शिविरको आयोजना गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । उक्त शिविरमा ८०० भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य उपचार गरिनुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको बताइएको छ ।

उक्त शिविरमा नाक, कान, घाँटी, ज्वरोलगायतका बिरामीको सङ्ख्या बढी भएको निःशुल्क शिविर आयोजकले जनाएको छ । सेनाले सञ्चालन गरेको उक्त निःशुल्क शिविरबाट सयौँ नागरिकले सेवा तथा औषधि पाएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकियस्थल खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन उक्त गङ्गा दशहरा मेला लाग्ने गर्दछ । मेलाका लागि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक मेला भर्न आउने गर्दछन् । मेलामा आएकालाई बस्न, खानलागयत अन्य कुनै समस्या नहोस् भन्दै त्यहाँ रहेका सैनिकले पालको व्यवस्था गर्दै आएका छन् भने मेलामा आएकाका लागि वर्षेनी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -