स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

गुठीसम्बन्धी विधेयक पास हुन दिँदैनौँ : सभापति देउवा

Sher Bahadur Deuba
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गर्नुभयो । जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने उहाँको भनाइ थियो । सभापति देउवाले आगामी दिनमा काङ्ग्रेसलाई पूर्णरुपमा बहुमत दिलाउन जुझारु भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र गुट उपगुट मौलाएको बताउनुभयो । “गुट उपगुट बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो । विचार, सिद्धान्त र इतिहासमा सशक्त भूमिका खेलेको आफ्नो पार्टी आन्तरिक विवादकै कारण निर्वाचनमा हारेको उहाँको धारणा थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -