स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

अन्तरर्राष्ट्रिय योग दिवसको तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री - TON
सेयर गर्नुहोस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार ६ गते (२१ जुन) मा पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस देशभर मनाउन प्रदेश र स्थानीय सरकारका साथै जिल्लास्थित कार्यालयलाई आग्रह गरेको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलेको अध्यक्षतामा रहेको मूल समारोह समितिले दिवस मनाउन आवश्यक तयारी गरेको हो । दिवसका लागि शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको ११ औँ महासभाले सन् २०१४ डिसेम्बर ११ मा हरेक २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिएको थियो । यस वर्षको नारा दिवस ‘गुरुका साथ योग’ रहेको छ । काठमाडौँमा सो दिन प्रभातफेरी, प्रवचन र योगाभ्यास गरिने तय भएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -