स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

पाँच वर्षीया बलात्कृत

सेयर गर्नुहोस

सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले पेट दुख्ने गरेको बताएपछि उहाँकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लानुभएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताउनुभयो । आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिनुभयो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा पक्राउ

किशोरीमाथि सामुहिक बलात्कार भएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक मिश्राका अनुसार पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

शौचालयका लागि आइतबार राति घरबाट निक्लिएकी किशोरीलाई नियन्त्रणमा लिई एकान्त बगैँचामा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

डुबेर मृत्यु

हनुमाननगर कङ्कालिनी नगरपालिका–६ जोगिनिया बस्ने १२ वर्षीय एक बालकको बिहीबार डुबेर मृत्यु भएको छ । कोशी नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएका १२ वर्षीय आशिक मन्सुरीको उपचारका क्रममा विहीबार दिउँसो बजे स्थानीय मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । उनी कोशी नदीको बगरमा गाई चराउन गएका बेला नुहाउन कोशी नदीमा पसेका थिए ।

सुनसरीको हरिनगर गाउँपालिका–१ बस्ने मोहम्मद जिबराइल मन्सुरीका छोरा आशिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ जोगिनियास्थित मामा इशाक मियाँको घरमा बस्दै आएका थिए । मृत्युको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दै थप अनुसन्धान थालेको जनाएको छ ।

भाइबुहारीमाथि कैँची प्रहार

बोदे बसाइन नगरपालिका–२ की ३५ वर्षीया प्रतिभा यादव र उनका श्रीमान् ४० वर्षीय दीपेन्द्रप्रसाद यादवलाई दीपेन्द्रका दाजु सोही ठाउँका ४६ वर्षीय ज्ञानेन्द्रप्रसाद यादवले कैँची प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्रलाई हिजो पक्राउ गरेको जनाएको छ ।

घरायसी विवादमा ज्ञानेन्द्रसहित उनकी श्रीमती ४५ वर्षीया नीलमदेवी यादव, छोराहरु २३ वर्षीय अभिषेककुमार यादव र २१ वर्षीय निमेशकुमार यादवले गत शनिबार राति धारिलो हतियार कैँचीले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरले ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरी ज्ञानेन्द्रलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार घाइते प्रतिभाको टाउको र दाहिने कोखामा गम्भीर चोट लागेको छ भने दीपेन्द्रको टाउको, छाती, पिठ्युँलगायत शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै पिठ्युँबाट कैचीको दुई फलामको टुक्रा निकालिएको छ । घाइतेको हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको कल्याणपुर प्रहरीले जनाएको छ । अन्य आरोपी फरार छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -