स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मासु पसल अनुगमन

सेयर गर्नुहोस

भक्तपुर नगरपालिकाले मासु पसलको अनुगमन गर्ने क्रममा कुहिएको मासु बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरिएको छ ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक क्षेत्रमा रहेका पसल अनुगमनबाट बिग्रेको सात किलो २५० ग्राम मासु जफत गरी नष्ट गरेको छ ।

अनुगमनमा बिएस मिट सपमा धुलो र झिङ्गा भन्किएको, मासु बिक्री गरेको, मूल्यसूची व्यवस्थित गर्नुपर्ने, कमलविनायक मिट सपमा बिग्रेको र कुहेको मासु पाँच किलो ११० ग्राम जफत गरिएको, धुलो र झिङ्गाले भन्किएको मासु बिक्री गरेको पाइएको भक्तपुर नगरपालिका स्यानिटेशन उपशाखाका वरिष्ठ निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

सराज मिट सपमा कुहेको र बिग्रेको बिक्रीमा राखेको मासु जफत गरिएको, पसलमा झिङ्गा, किरा मार्न विषादी प्रयोग गरिएको पाइएको छ । त्यस्तै जय नेपाल माछा पसलमा कुहेको माछा, धुलो र झिङ्गा भन्किएको मासु बिक्रीमा राखेको, सुमन मिट सपमा बिक्रीका लागि राखेको कुहेको र बिग्रेको मासु जफत गरी नष्ट गरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको पाइएको उहाँले बताउनुभयो ।

नव मनकामना कोल्ड स्टोर एण्ड सप्लायर्स, विनायक मिट सप, महेन्द्र मिट सप, महालक्ष्मी कोल्ड स्टोरलगायत यहाँका अधिकांश मासु पसल फोहर, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको पाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -