स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

दशवर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना : अध्यक्ष दाहाल

Pushpa Kamal Dahal - The Times of Nepal - TON
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनुभएको छ । बलेफी गाउँपालिका–५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उहाँले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताउनुभयो ।

जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र भूकम्पले पु¥याएको क्षति स्मरण गर्दै अध्यक्ष दाहालले सिङ्गो देश समृद्धिको बाटोमा लागेको बताउनुभयो । ठूलो प्रकोप र द्वन्द्वपछि जापान विकसित र समृद्ध भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि नयाँ संस्कारको साथमा विकासले गति दिएको बताउनुभयो ।

“नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो”, उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।”

विसं २०७२ मा भूकम्प नगएको भए नेपालको संविधान निर्माण नहुने दाबी गर्दै उहाँले प्राकृतिक विपद्ले देशका सबै पक्षलाई एकताबद्ध हुन प्रेरित गरेको स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अगामी दिनमा सबै एकताबद्ध भएर समृद्धिको अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।

पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकलाई प्रकोपले निरन्तर क्षति पु¥याएको भन्दै त्यस क्षतिलाई सिन्धुपाल्चोकवासीले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । भूकम्पबाट क्षति पुगेको विद्यालय पुनःनिर्माणपछि भौतिक मात्रै नभएर शौक्षिक गुणस्तरमा लाग्न आवश्यक रहेको सापकोटाको भनाइ छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट विद्यालय भवनलाई क्षति पुगेपछि टाटा ट्रष्ट इण्डिया, सिप्रदीयन सहायता संस्था नेपालको रु तीन करोड ९७ लाख चार हजार १५० को अनुदान सहयोगमा दुईतले १५ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको हो । विगत चार वर्षदेखि ३५० विद्यार्थी अस्थायी टहराबाट पठनपाठन गर्दै आएको विद्यालयले जानकारी दिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -