स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

अपहरण गरी हत्या आरोपमा एक पक्राउ

सेयर गर्नुहोस

सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।

यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रहरीद्वारा १० कार्टुन मदिरा बरामद

नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवान्पुर गाउँपालिकाबाट ३०० बोतल मदिरा बरामद गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवान्पुर गाउँपालिका–३ गैरसाहाबाट १० कार्टुुन ३०० बोतल नुरी सोफिया मदिरा बरामद गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ जम्दहबाट बेवारिसे अवस्थामा छ थान साजको काठ र दुई थान सालको काठ बरामद गरेको छ । बरामद काठ थप अनुसन्धानका लागि डिभिजनल वन कार्यालय लहान सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -