स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि अनुसन्धान

सेयर गर्नुहोस

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ ।

देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उहाँमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उहाँमाथि लागेको छ ।

राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित हुनुभएको थियो । उहाँ सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन हुनु भएको थियो ।

रामाफोसा रङ्गभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिनु भएको थियो । त्यसैगरी उहाँ सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बन्नु भएको थियो ।

लामो र कठोर राजनीतिक सङ्घर्ष गर्नु भएका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफै भ्रष्टाचार गरेको अभियोगमा फस्नु भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -