स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

पार्टी एकतासँगै आचरण सुधार आवश्यक : नेता रावल

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई आज सदरमुकाम चैनपुरमा सपथ ग्रहण गराउन यहाँ आइपुग्नुभएका उहाँले कतिपयले कम्युनिष्ट हँु भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।

“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनुृ जरुरी छ, गरीब असहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भन्नुभयो । उहाँले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताउनुभयो । “योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उहाँले भन्नुभयो । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व नेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । सपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -