स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मेयरकप भलिबलको उपाधि आर्मीलाई

सेयर गर्नुहोस

दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा नारायण नगरपालिकालाई हराउँदै सेनाको इन्द्रदल गुल्म ‘ए’ले उपाधि जितेको हो ।

नारायण नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा इन्द्रदल गुल्म ‘ए’ले नारायण नगरपालिकालाई ३–२ सेटमा हराएको हो । विजेताले रु ५० हजार तथा उप–विजेता नारायण नगरपालिकाले रु ३० हजार पुरस्कार प्राप्त ग¥यो । सो प्रतियोगितामा नेपाली सेनाको इन्द्रदल गुल्म ‘बी’ टोली तेस्रो भयो । उसले रु २० हजार पुरस्कार प्राप्त ग¥यो । विजयी टोलीलाई नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले पुरस्कार वितरण गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -