स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु

सेयर गर्नुहोस

अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

बोहराको आज यार्सागुम्बा सङ्कलनका क्रममा चिप्लिएर मृत्यु भएको हो । उनको घट्नास्थलमै ज्यान गएको अपि हिमाल गाउँपालिका–१ का वडा सचिव अगबरसिंह जागरीले बताउनुभयो । घटनास्थलमा प्रहरी चौकी खण्डेश्वरीबाट टोली पठाइएको कठायतले बताउनुभयो । यसअघि ब्यास गाउँपालिका–१ दूधीवनमा ११ वर्र्षीय अनिश विष्टको यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -