स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रिय शहीद स्मारक पूरा गर्न ध्यानाकर्षण

bamdev-goutam, वामदेव गौतम - TON
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले शहीदको स्मृतिमा निर्माण भएको स्मारकलाई प्राथमिकता नदिँदा राम्रो सन्देश नजाने बताउनुभएको छ ।

शहीद स्मृति प्रतिष्ठानले आज गोकर्णस्थित शहीद स्मारक निर्माणस्थलमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शहीदले देखाएको बाटोमा नहिँडे समस्या आउन सक्ने बताउनुभयो । स्मारक निर्माण सम्पन्न गर्न बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडासँग कुरा गर्ने प्रतिबद्धता पनि नेता गौतमले जनाउनुभयो ।

नेकपाका नेता जनार्दन शर्माले स्मारकको गुरुयोजना निर्माण गरे पनि निजामती कर्मचारीबाट आवश्यकताअनुसार सहयोग नहुँदा काम अलपत्र भएको बताउनुभयो । शहीदलाई भुल्नु अक्षम्य गल्ती हुने भएकाले स्मारक सम्पन्न गर्न सबैको सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जनआन्दोलनमा घाइते भई अस्पतालको बेडबाट आफूले स्मारकको सपनादेखि निर्माण अन्तिम चरणमा पुगेकाले सम्पन्न गरी छाड्ने प्रतिबद्धता जनाउनुभयो । शहरी विकास मन्त्रालयले जारी गरेको उद्यान कार्यविधिअनुसार समूहले काम गरिरहेको पनि उहाँले सुनाउनुभयो ।

मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको बैठकले यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । करीब ७० प्रतिशत काम सकिए पनि हाल स्मारक निर्माण अलपत्र परेको छ । चालू आर्थिक वर्षमा स्मारक निर्माणका लागि बजेट नछुट्याउँदा काम हुन सकेको छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -